कोरोनाभाइरस सङ्क्रमणपछि बालबालिकामा देखिएको एमआईएस-सीबारे जान्नैपर्ने कुरा

नेपालका विभिन्न अस्पतालहरूमा मल्टिसिस्टम इन्फ्लामेटरी सिन्ड्रोम इन चिल्ड्रेन एमआईएस-सी भएर अस्पताल ल्याइने बालबालिकाको सङ्ख्या बढ्न थालेको विशेषज्ञहरूले बताएका छन्।

कोभिडपश्चात् बालबालिकामा देखिने गम्भीर स्वास्थ्य समस्या एमआईएस-सीका कारण उपचारका क्रममा “केहीको ज्यान समेत गइसकेको” चिकित्सकहरूले जानकारी दिएका छन्।

उनीहरूका भनाइमा कोभिडबाट बालबालिकालाई बचाउन उपयुक्त ध्यान नपुग्दा यो समस्या देखा पर्न थालेको हो।

एमआईएस-सीको उपचार तुलनात्मक रूपमा महँगो पर्ने र अस्पताल ल्याउन ढिलो भएमा अवस्था जटिल बन्ने भएकाले समयमै सचेत बन्न चिकित्सकहरूले अभिभावकलाई सुझाव दिएका छन्।

Click here to view the source

Leave a Reply

Your email address will not be published. Required fields are marked *