जो बाइडेन अमेरिकाका राष्ट्रपति बनेपछि पहिलो पटक आफ्नो विदेश भ्रमणमा बेलायत पुगेका छन्

जो बाइडेन अमेरिकाका राष्ट्रपति बनेपछि पहिलो पटक आफ्नो विदेश भ्रमणमा बेलायत पुगेका छन् जहाँ उनले रुसमाथि निशाना साँधेका छन् । उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाईरुसले हानी पुर्‍याउने खालका गतिविधिमा समावेश भए यसका लागि बलियो र सार्थक परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन् । बाइडेन जीसेभेन देशको शिखर सम्मेलनका लागि बुधबार बेलायत पुगेका छन् । सम्मेलनका बेला उनी नयाँ ‘एट्लान्टिक चार्टर’ बारे चर्चा गर्नका लागि बेलायती प्रधानमन्त्री बोरिस जोनसनसँग भेटघाट गर्नेछन् ।

यो एक तरिकाले सन् १९१४ मा विन्स्टन चर्चिल र फ्रेंकलिन रुजवेल्टबीच भएको सम्झौताको आधुनिक संस्करण हुनेछ जसमा जलवायु परिवर्तन र सुरक्षा जस्ता चुनौतीलाई पनि महत्व दिइनेछ ।

आफ्नो आठ दिनको युरोपेली भ्रमणमा बाइडेन विन्डसर क्यासलमा बेलायतकी महारानीसँग भेटघाट गर्नेछन्, जीसेभेन देशका नेताको बैठकमा भाग लिनेछन् र अमेरिकी राष्ट्रपति नेटोको सम्मेलनमा भाग लिनेछन् ।

आफ्नो भ्रमणको अन्तिम चरणमा बाइडेन जिनेभामा रुसी राष्ट्रपति भ्लादिमीर पुटिनसँग पनि भेटघाट गर्नेछन् ।

अमेरिकी राष्ट्रपतिले उनको पहिलो विदेश भ्रमणको ‘प्रत्येक चरणमा’ राष्ट्रपतिको रुपमा उनले स्पष्ट पार्न चाहे कि ‘अमेरिका मैदानमा फिर्ता भएको छ र मुश्किलभन्दा मुश्किल चुनौतीसँग जुध्न र भविष्यको सबैभन्दा ठूलो चिन्तासँग जुध्नका लागि संसारभरीका गणतान्त्रिक देश एक साथ उभिएका छन् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *