चीनमा एकजना ४१ वर्षीय पुरुषमा बर्ड फ्लुको एन१०एन३ को सङ्क्रमणको पुष्टि भएको छ

अधिकारीहरुले सङ्क्रमित हुन पुगेको सम्बन्धमा कुनै जानकारी भने गराएका छैनन् ।
बर्ड फ्लुको एन१०एन३ मानिस–मानिसमा सहजै सर्ने पाइएको छैन् । झ्याङ्सु प्रान्तका बासी गत् साता सङ्क्रमित भएपछि अस्पताल भर्ना गरिएको थियो । चिनियाँ अधिकारीहरुले उहाँ निको भई घर फर्किने क्रममा रहेको जनाएका छन् ।
बीबीसीका अनुसार राष्ट्रिय स्वास्थ्य आयोगले मंगलबार झेङजेङग शहरका बासी ४१ वर्षीय पुरुषमा २८ अप्रिलमा भर्ना भएकोमा एक महिनापछि एन१०एन३ को सङ्क्रमणको पुष्टि भएको जनाएको छ । ग्लोबल टाइम्सका अनुसार आयोगले भनेको छ, “बर्ड फ्लु भाइरसको उक्त स्वरुप मानिसमा पुष्टि भएको विश्वमा कतै पाइएको छैन्, तर उक्त घटना कुखुराबाट मानिसमा सरेको देखिन्छ र ठूलो मात्रामा सङ्क्रमणको जोखिम अत्यन्तै न्यून छ ।”
विश्व स्वास्थ्य संगठनले रोयटर्ससँगको कुराकानीमा वर्तमान समयमा मानिस मानिसबीच सङ्क्रमण फैल्ने कुनै संकेत नदेखिएको बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *