एक भारतीय जोडीले कोभिड प्रतिबन्धहरू छल्न विमान भाडामा लिएर १५० भन्दा बढी निम्तालुहरूको बीच आकाशमा विवाह गरेका छन्।

सामाजिक सञ्जालमा राखिएका भिडिओहरूमा हवाईजहाजमा ती जोडी र निम्तालुहरूको भिड देखिन्छ। उडान सुरु भएको मानिएको तमिलनाडु राज्यले हालै कडा प्रतिबन्धहरू लगाउँदै विवाहमा ५० जनाभन्दा बढी सहभागी हुन नपाउने नियम लागु गरेको छ। द टाइम्स अफ इन्डिया दैनिकका अनुसार भारतीय उड्डयन निकायले स्पाइसजेटको सो उडानका कर्मचारीहरूलाई निलम्बन गरेर अनुसन्धान सुरु गरेको छ

वायुसेवाका प्रवक्ताले इन्डियन एक्सप्रेस दैनिकलाई बोइङ ७३७ मदुराईदेखि बेङ्गलोरसम्मका लागि विवाहपछिको यात्राको लागि भनेर एक ट्राभल एजेन्टले भाडामा लिएका थिए।

ती प्रवक्ताले सेवाग्राहीलाई पालना गर्नुपर्ने कोभिड नियमका बारेमा स्पष्टसँग भनिएको र जहाजमा हुँदा कुनै पनि गतिविधि गर्ने अनुमति अस्वीकार गरिएको बताएका छन्।

By Editor

Leave a Reply

Your email address will not be published. Required fields are marked *