खोपको परीक्षण सफल भएमा नि:शुल्क दिने अस्ट्रेलियाको वाचा

अस्ट्रेलियाले छिटै तयार हुने आशा गरिएको कोरोनाभाइरसविरुद्धको खोप आफ्ना नागरिकका लागि नि:शुल्क दिने जनाएको छ । त्यो खोप औषधि कम्पनी आस्ट्राजेनेका र अक्सफोर्ड विश्वविद्यालयले विकास गरिरहेका छन् र अहिले परीक्षणको क्रममा छ । प्रधानमन्त्री स्कट मरिसनले परीक्षण सफल भएमा आस्ट्राजेनेकासँगको सम्झौताले हरेक अस्ट्रेलियालीका निम्ति खोप सुरक्षित हुने बताए । उनका अनुसार अढाई करोड जनसङ्ख्यालाई नि:शुल्क खोप उपलब्ध गराउन सक्ने गरी उक्त कदम उठाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *