भारतमा पछिल्लो २४ घण्टामा साढे दुई लाखभन्दा बढी कोभिड १९ का सङ्क्रमितको पुष्टि भएको छ

सरकारी अधिकारीहरुका अनुसार शनिबार चौबीस घण्टामा दुई लाख ५७ हजार २९९ जना सङ्क्रमित भएका हुन् ।
समाचार संस्था एएनआईका अनुसार भारतमा सोही अवधिमा थप चार हजार १९४ जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको छ । पछिल्लो चौबीस घण्टामा भारतमा तीन लाख ५७ हजार ६३० जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् ।
भारतमा अहिलेसम्म कुल दुई करोड ६२ लाख ८९ हजार २९० जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । भारतमा २९ लाख २३ हजार ४०० जना अझै पनि सङ्क्रमित अवस्थामै रहेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
भारतमा कोरोनाभाइरसका कारण अहिलेसम्म दुई लाख ९५ हजार ५२५ जनाको मृत्यु भएको छ । सङ्क्रमणमुक्त भएकाहरुको कुल सङ्ख्या भने दुई करोड ३० लाख ७० हजार ३६५ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *