भारतमा कोभिड १९ का दुई लाख ५९ हजार ५९१ ज्ना सङ्क्रमित थपिएका छन्

पछिल्लो चौबीस घण्टामा २० लाख ६१ ह्जार ६८३ नमूना परीक्षणमा दुई लाख ५९ हजारमा सङ्क्रमणको पुष्टि भएको हो ।
भारतीय समाचार संस्था एएनआईका अनुसार पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै भारतमा कोरोनाका कुल सङ्क्रमित दुई करोड ६० लाख ३१ ह्जार ९९१ पुगेको छ । हाल ३० लाख २७ हजार ९२५ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको छ ।
चौबीस घण्टामा तीन लाख ५७ हजार २९५ जना सङ्क्रमित निको भएका छन् । हालसम्म दुई करोड २७ लाख १२ हजार ७३५ सङ्क्रमित निको भएका छन् । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा चार हजार २०९ जना सङ्क्रमितको मृत्यु भएको छ । उक्त मृत्युसँगै भारतमा कोरोना सङ्क्रमणबाट हालसम्म दुई लाख ९१ ह्जार ३३१ जनाको मृत्यु भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *