रुसमा कोरोना भाइरसका करिब ५० लाख जना सङ्क्रमित पुगेका छन्

स्वास्थ्य अधिकारीहरुले बिहीबारसम्ममा ४९ लाख ७५ हजार जना कोरोना भाइरसका संक्रमित पुगेको बताएका छन् ।
रुसमा गएको २४ घन्टामा ९ हजार २३२ जना सङ्क्रमित पुगेका बताइएको । गएको २४ घन्टामा देखिएको यो सङ्ख्या पछिल्ला केही हप्तायताकै सबैभन्दा धेरै हो । गएको २४ घन्टायता ३९६ जना सङ्क्रमितको ज्यान गएको बताइएको छ । पछिल्ला केही हप्ता यता कोभिड १९ का सङ्क्रमितहरुको सङ्ख्या निरन्तर बढ्दो देखिएको छ ।
रुसमा सबैभन्दा बढी मस्को सहरमा सङ्क्रमित भएका छन् । मस्कोमा शुरुदेखि नै कोरोनाका सङ्क्रमितहरु बढेका हुन् । रुसले नै उत्पादन गरेको कोरोना भाइरसका विरुद्धको खोप पनि दिइएको छ । तर खोप दिइ नै रहेको भए पनि सङ्क्रमितहरु पनि बढिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *