भारतमा पछिल्लो चौबीस घण्टामा संक्रमित हुनेको संख्या घटेको छ

सोमबार दुई लाख ८१ हजार ३६८ जना संक्रमित थपिएकामा मंगलबार दुई लाख ६३ हजार नयाँ संक्रमित थपिएका हुन् ।
भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार विगत २४ घण्टामा दुई लाख ६३ हजार ५३३ जना नयाँ संक्रमित भेटिएका हुन् । गत् अप्रिल महिनाको अन्तिम साता र मई महिनाको पहिलो साता दैनिक कम्तीमा पनि ४ लाख मानिसमा संक्रमण देखिने गरेको थियो ।
भारतमा दैनिक थपिने संक्रमितको संख्यामा कमी आएपनि मृतकको संख्या भने स्थिर देखिएको छ । पछिल्लो चौबीस घण्टामा चार हजार ३२९ जनाको कारोना संक्रमणबाट मृत्यु भएको छ । उक्त संख्या कोरोनाभाइरसबाट चौबीस घण्टामा हुने मृत्युको सबैभन्दा बढी हो ।
भारतमा कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म दुई लाख ७८ हजार ७१९ जनाको ज्यान गएको छ। मन्त्रालयका अनुसार कोभिड–१९ संक्रमितको कूल संख्या दुई करोड ५२ लाख २८ हजार ९२९ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *