उत्तर प्रदेशका मन्त्री तथा पूर्वक्रिकेटर चेतन चौहानको कोरोनाबाट मृत्यु

भारतीय पूर्वक्रिकेटर चेतन चौहानको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । जुलाई १९ मा कोरोना पुष्टि भएका ७३ वर्षीय चौहानको आइतबार उपचारका क्रममा मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनको स्वास्थ्य अवस्था जटिल भएपछि करिब ३६ घण्टादेखि भेन्टिलेटरमा राखिएको थियो ।

सुरुमा लखनउस्थित अस्पतालमा भर्ना गरिए पनि स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उनलाई गुरुग्रामस्थित मेदान्त अस्पतालमा भर्ना गरिएको थियो । उनको मिर्गौलामा पनि समस्या देखिएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

चौहान उत्तर प्रदेश सरकारमा सैनिक कल्याण, होमगार्ड तथा नागरिक सुरक्षामन्त्री पनि थिए । उनी उत्तर प्रदेशको अमरोहा क्षेत्रबाट दुई पटक लोकसभा सदस्यमा समेत निर्वाचित भएका थिए । कोरोना संक्रमणबाट उत्तर प्रदेशकी क्याबिनेट मन्त्री कमला रानी वरुणको पनि मृत्यु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *