भारतमा पछिल्लो चौबीस घण्टामा विश्वमा एकैदिनमा थपिएका सबैभन्दा बढी सङ्क्रमित पहिचान गरिएको छ

भारतमा पछिल्लो चौबीस घण्टामा तीन लाखभन्दा बढी सङ्क्रमितको पुष्टि भएको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार पछिल्लो चौबीस घण्टामा तीन लाख १४ हजार ८३५ जनामा भाइरसको सङ्क्रमणको पुष्टि भएको हो । यसअघि चौबीस घण्टामा थपिने सङ्क्रमित विश्वमै सबैभन्दा बढी संयुक्त राज्य अमेरिकामा गत जनवरीमा दुई लाख ९७ हजार ४३० जना सङ्क्रमित दर्ता गरिएको थियो । सोही अवधिमा भारतमा दुई हजार १०४ जना सङ्क्रमितको मृत्युको पुष्टि भएको छ । भारतमा हालसम्म एक करोड ५९ लाख ३० हजार ९६५ जना सङ्क्रमित भएका छन् । २२ लाख ९१ हजार ४२८ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको छ ।
पछिल्लो चौबीस घण्टामा एक लाख ७८ हजार ८४१ जना सङ्क्रमणमुक्त भएका छन् । हालसम्म एक करोड ३४ लाख ५४ हजार ८८० जना कोरोनामुक्त भएको टाइम्स अफ इन्डियाको अनलाइन संस्करणले जनाएको छ ।
यसैबीच, भारतमा पछिल्लो चार दिनमा मात्रै दश लाख नयाँ सङ्क्रमितको पहिचान गरिएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *