अर्जेन्टिनाका राष्ट्रपति कोभिड–१९ बाट सङ्क्रमित

दक्षिण अमेरिकी मुलुक अर्जेन्टिनाका राष्ट्रपति अल्बर्टो फर्नान्डेजलाई कोभिड–१९ सङ्क्रमण भएको छ । कोभिड–१९ को खोप लगाइसक्नु भएका राष्ट्रपतिलाई सङ्क्रमण देखिएको राष्ट्रपति कार्यालयले शुक्रबार घोषणा गरेको छ ।    
राष्ट्रपति फर्नान्डेजले ट्वीट गर्दै आफूलाई ज्वरो र हल्का टाउको दुखेपछि एन्टिजेन परीक्षण गराएको र त्यसले कोभिड–१९ पोजेटिभ देखाएको बताउनुभएको छ ।    
शुक्रबार ६२ वर्ष पुग्नुभएका राष्ट्रपति फर्नान्डेजले आफू आइसोलेसनमा रहे पनि शारीरिक रुपमा तन्दुरुस्त रहेको जनाउनुभएको छ ।    
राष्ट्रपति फर्नान्डेजले रसियाली स्पुतनिक भी खोप लगाउनुभएको थियो । उहाँले दोस्रो डोज पनि गत फेब्रुअरी ११ मा लगाउनुभएको राष्ट्रपति कार्यालय स्रोतले एएफपीलाई बताएको छ ।    
अर्जेन्टिनामा हाल कोभिड–१९ को दोस्रो लहर चलेको छ र कोरोना सङ्क्रमितको संख्या दिनहुँ बढेको पाइएको छ ।    

Leave a Reply

Your email address will not be published. Required fields are marked *