एमस्वाइपले भारतको उत्तर पूर्वी क्षेत्र मा एटीएम एक्सप्रेस शुरू गर्योा

गत वर्ष भारतीय रिजर्व बैंकले ग्रामीण क्षेत्र र उत्तर पूर्वी क्षेत्रमा डिजिटल भुक्तानीलाई सुधार गर्न ५०० करोडको पेमेंट इंफ्रास्ट्रक्चर डेवलोपमेन्ट फण्ड (पीआईएफडी) स्थापना गरेको छ । उत्तर पूर्वमा डिजिटल भुक्तानी पूर्वाधारलाई बृद्धि गर्न आरबीआईको दृष्टिकोणलाई अगाडि बढाउँदै, एमस्वाइपले एटीएम एक्सप्रेस लाई व्यापारीहरुलाई तिनिहरुको पोइंट अफ सेल टर्मिनलमा ग्राहकहरुलाई माइक्रो एटीएम सुविधा प्रदान गर्न सशक्त बनाउन आरम्भ गर्योई। एमस्वाइप सबैभन्दा ठूलो पीओएस व्यापारी एकवाइरार हो र यो स्माल एंड मीडियम एंटरप्राइजेज (एसएमइएस्) को अग्रणी एंड-टू-एंड डिजिटल एनबलर पनि हो।


एमस्वाइपको एटीएम एक्सप्रेस सेवा आरबीआई योजनासित अनुरूप छ र माइक्रो एटीएम सेवाहरूले फुटफॉल र रेभिन्युलाई बढावा दिने भएकोले डिजिटल भुक्तानी गर्न व्यापारीहरूलाई प्रोत्साहन दिनेछ। एटीएम एक्सप्रेस ग्राहकहरूले अन्य सुविधाहरूको बीचमा नगद निकालन, खाता ब्यालेन्स जाच गर्न पनि सक्नेछन । यो सेवाले अग्रताला, आइजवल, डिस्पुर, गान्तोक, इम्फाल, इटानगर, कोहिमा र शिलांगमा एसएमई नेटवर्क मार्फत ब्यानकिंग सुविधा पुर्याेउने छ। एटीएम एक्सप्रेस उत्तर पूर्वमा टीयर ३-६ शहरहरूमा सीमित एटीएम सुविधाहरू र बैंक शाखासँग पनि उपलब्ध हुनेछ। एमस्वाइपको एटीएम एक्सप्रेस ग्राहकहरूको सेवाका लागि बैंकहरूको लागत प्रभावी तरीका हो, किनकि यसले एटीएम कियोस्क र ओभरहेड्स स्थापना गर्ने लागतलाई हटाउँछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *