टाटा कन्ज्युमर प्रोडक्ट्सले आफ्नो ‘टाटा साल्ट हिमालयन रक साल्ट’ मा पाइने प्राकृतिक खनिज तत्व र यसको गुणस्तरबारे प्रकाश पारेको छ। प्राकृतिक तथा कम प्रशोधन गरिएका सामग्रीहरूप्रति उपभोक्ताहरूको बढ्दो चासोका कारण दैनिक भान्सामा ‘रक साल्ट’ को माग बढिरहेको छ।
भारतमा परम्परागत रूपमा महत्व दिइने र आयुर्वेदमा मान्यता प्राप्त ‘रक साल्ट’, बढी प्रशोधन गरिएका सामग्रीहरूको विकल्प खोज्ने उपभोक्ताहरूमाझ लोकप्रिय बनेको छ। टाटा साल्ट हिमालयन रक साल्ट — जसलाई कम्पनीले भारतको नम्बर १ रक साल्टका रूपमा प्रस्तुत गरेको छ — मा पोटासियम, क्याल्सियम र म्याग्नेसियमजस्ता खनिज तत्त्वहरू प्राकृतिक रूपमै अल्प मात्रामा पाइन्छन्, जसले यसलाई विशिष्ट गुण प्रदान गर्दछन्।
कम्पनीले बताए अनुसार, खनिज तत्वहरुको उपस्थितिका कारण रक साल्ट विभिन्न रङमा पाइन्छ। यसलाई पानीमा घोलेर छान्दा एउटा सफा घोल प्राप्त हुन्छ, जबकि प्राकृतिक रूपमा पाइने खनिज तत्त्वहरूले बनेका रङयुक्त कणहरू, जुन पानीमा घुल्दैनन्, छान्ने माध्यममा नै रहन्छन्।
कम्पनीका अनुसार, उक्त उत्पादनको हालै गरिएको प्रयोगशाला परीक्षणले यसमा कृत्रिम खाद्य रङहरू नभएको लगायतका लागू हुने गुणस्तर तथा सुरक्षा मापदण्डहरूको पालना भएको पुष्टि गरेको छ।
टाटा कन्ज्युमर प्रोडक्ट्सको पोर्टफोलियोमा पेय पदार्थ र खाद्य उत्पादनहरू समावेश छन्, जसमा टाटा टी, टेट्ली, टाटा साल्ट, टाटा सम्पन्न र चिङ्स सेक्रेट पर्दछन्। यो कम्पनी भारतका २९ करोड घरपरिवारसम्म पुगेको छ र यसले स्वदेशी तथा अन्तर्राष्ट्रिय बजारमा सञ्चालनमार्फत करिब २०,२९० करोड रुपैयाँको एकीकृत वार्षिक कारोबार गरेको जनाएको छ।
