जापानको फुकुशिमामा भूकम्प

जापानको फुकुशिमा प्रिफेक्चर नजिक बुधबार ५।३ म्याग्नीच्यूडको भूकम्प गएको जापानको मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार उक्त भूकम्प स्थानीय समय अनुसार साँझ ५।२९ बजे गएको थियो । भूकम्पको केन्द्र जमिनको सतहबाट करिब ६० किलोमिटरको गहिराईमा रहेको थियो ।
भूकम्पका कारण जापानको सामुद्रिक इलाकामा कुनै सुनामी आइहाल्ने अवस्था नदेखिएको पनि विभागले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *