भोट प्रचारमा निस्कँदा मतदाता सूचीबाट नाम हटाइएका मतदाताहरूको विरोधको सामना गर्नुपर्योम भाजपा उम्मेद्वारले। तिनलाई उद्धार गर्न तृणमूल उम्मेद्वार अघि आए। यद्यपि भाजपा सबै कुरा पूर्वनियोजित थियो र तृणमूल उम्मेद्वारकै नेतृत्वमा यो घटना भएको उम्मेद्वारको आरोप छ। यसको प्रत्युत्तरमा तृणमूल उम्मेद्वारले पनि तीव्र प्रतिक्रिया जनाए। सोमवार दिउँसो कोचबिहार दक्षिण विधानसभा क्षेत्रको घुघुमारी मोड़मा भएको घटनाबारे अझै पनि होहल्ला जारी छ।
अन्तिम मतदाता सूचीबाट नाम हटाइएका कोचबिहारका केही वासिन्दाहरू बिहानदेखि नै विरोध कार्यक्रम गरिरहेका छन्। दिनहाटा-2 ब्लकका विभिन्न स्थानहरूमा सड़क अवरोध गरिएको छ। चौधुरीहाट, बामनहाट, नयरहाटलगायतका क्षेत्रमा वासिन्दाहरू विरोधमा सहभागी भए।
सुनुवाइका लागि बोलाइएपछि आवश्यक कागजात प्रस्तुत गरे पनि अन्तिम मतदाता सूचीबाट तिनीहरूको नाम हटाइएको तिनीहरूको आरोप छ। चौथो अतिरिक्त सूची प्रकाशित भएपछि पनि धेरैको नाम समावेश गरिएको छैन। यसको विरोधमा कतै टायर बालेर, कतै सड़कमा बसेर अवरोध गरेका छन् वासिन्दाहरूले। राष्ट्रिय झण्डा हातमा लिएर सबैजना अवरोधमा सहभागी भए। त्यही क्रममा भाजपा उम्मेद्वार रवीन्द्रनाथ बसु जनआक्रोशको सामना गर्नुपर्योभ। तिनको गाड़ी रोकिन पुग्यो। स्थानीय वासिन्दाहरूले कालो झण्डा देखाए। तनाउ बढ्दै गयो। तत्कालै स्थिति नियन्त्रणमा लिन पुलिसले प्रयास गर्यो्। त्यसैबीच रवीन्द्रनाथका प्रतिद्वन्द्वी, तृणमूल उम्मेद्वार अभिजित दे भौमिक पनि देखिए। तिनले भीड़ हटाएर भाजपा उम्मेद्वारको गाड़ीलाई बाटो बनाउन प्रयास गरे।
भाजपा उम्मेद्वारको गाड़ी बाहिरिए पनि विरोध र अवरोध जारी रह्यो। पछि भने गाड़ी घेराउ गरिएको विषयमा रवीन्द्रनाथले तृणमूल उम्मेद्वारमाथि कठोर आलोचना गरे। तिनले भने, “दिउँसो तोर्षा घुघुमारी पुलमा हामीमाथि योजनाबद्ध रूपमा आक्रमण गरिएको हो। यस निन्दनीय घटनाको नेतृत्व तृणमूल कङ्ग्रेसका कोचबिहार जिल्ला अध्यक्ष तथा कोचबिहार दक्षिणका उम्मेद्वार अभिजीत दे भौमिकले गरेका हुन्। तिनले आफै आक्रमण गरे र अरूलाई पनि गराए। पुलिसकै अगाड़ि घटना भयो।
प्रत्युत्तरमा तृणमूल उम्मेद्वारले भने, एसआईआर सम्बन्धी मुद्दामा सामान्य मानिसहरूले अवरोध गरेका थिए। मेरो गाड़ी पनि रोकिएको थियो। मैले पुलिसलाई सहयोग गर्ने प्रयास गरेँ। त्यस क्रममा देखेँ कि भाजपा उम्मेद्वार पनि अड़किएका थिए। तिनलाई अब हामी पनि अवरोध गर्नेछौँ भनेर भनिरहेको सुनेँ। मैले यसलाई भाजपा पक्षको अवरोध ठानेँ। सबैलाई बाटो खाली गर्न अनुरोध गरेँ। तर सामाजिक सञ्जालमा देखेँ कि भाजपा उम्मेद्वारले गलत प्रचार गरिरहेका छन्। यो अनपेक्षित हो। तिनी शिक्षित व्यक्ति हुन्, यस्तो व्यवहारको अपेक्षा गरेको थिइनँ।
डिलिटेडहरूद्वारा भाजपा उम्मेद्वारको वाहन घेराउ
