प्रार्थी सूची घोषणा अगावै अमलको ब्यानर

कङ्ग्रेसको प्रार्थी सूची अझै घोषणा भएको छैन। त्यसअघि नै इटाहरका अमल आचार्यले कङ्ग्रेसको प्रार्थीको रूपमा ब्यानर टाँसेका छन्। खबर पाएपछि चुनाउ आयोगले त्यो ब्यानर हटाएको छ। आयोगका सदस्यहरूको दाबीअनुसार प्रार्थी घोषणा हुनअघि नै ब्यानर टाँसिएको भन्ने उजुरी आएपछि त्यो हटाइएको हो। तर यसको पछाड़ि कङ्ग्रेस नेतृत्वले तृणमूललाई जिम्मावार ठहराएका छन्।
कङ्ग्रेसको प्रार्थी सूची घोषणा नभए पनि इटाहर विधानसभा क्षेत्रमा कङ्ग्रेसको प्रार्थीको रूपमा अमल आचार्यको नाममा इटाहर शहरका केही घरको छतमा ठूलो ब्यानर टाँसिएको थियो। बिहीवार इटाहर चौरास्ता मोड़नजिक क्षेत्रमा दुईवटा पोष्टर आयोगका सदस्यहरूले हटाए। पार्टीको रूपमा प्रार्थीको नाम घोषणा हुनअघि नै पोस्टर टाँसिएको उजुरी आयोगको पोर्टलमा आएको आयोगका सदस्यहरूको दाबी छ। त्यसपछि तिनीहरूले आएर ब्यानरहरू हटाए। यस घटनापछि तृणमूल र कङ्ग्रेसबीच राजनीतिक विवाद आरम्भ भएको छ।
यस विषयमा अमल आचार्यले भने, चुनाउ हार्ने डरले तृणमूलले मात्र चुनाउ आयोगमा यो उजुरी दर्ता गराएको हो। तर तिनीहरू नै लामो समयदेखि इटाहर बस टर्मिनसको सरकारी भवनमा तृणमूलको कार्यालय खोलेर बसिरहेका छन्। साथै कङ्ग्रेस नेतृत्वको थप उजुरीअनुसार इटाहर बस टर्मिनसको सरकारी भवनमा तृणमूल प्रार्थीले ग्रामीण चिकित्सकहरूसित बैठक गरे जसले चुनाउ नियम उल्लङ्घन गरेको हो। तर इटाहर ब्लक तृणमूल अध्यक्ष कार्तिक दासले भने, कसले पोष्टर हटायो भन्ने विषयमा हामीलाई केही जानकारी छैन। त्यसको निरीक्षण चुनाउ आयोगले गर्नेछ। चुनाउमा हामी नै ठूलो मतले विजयी हुनेछौँ।

By Paromita