आगामी विधानसभा चुनाउलाई ध्यान राख्दै मिरिक महकुमाअन्तर्गत इण्डियन गोर्खा जनशक्ति फ्रण्टको एक महत्त्वपूर्ण चुनाउ सभा सम्पन्न भएको छ। उक्त सभामा मिरिक क्षेत्रका 23, 24 अनि 25 नम्बर समष्टिका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सभामा पार्टीका केन्द्रीय सदस्यहरू प्रशान्त लामा र रोजेस थापा साथै श्रमिक सङ्गठनका केन्द्रीय उपाध्यक्ष अनिल रानाको विशेष उपस्थिति रहेको थियो।
सभामा सङ्गठनलाई प्रत्येक समष्टिको बूथ तहसम्म विस्तार गर्ने साथै पार्टी तथा पार्टीका प्रमुख अजय एडवर्ड्सको राजनीतिक दृष्टिकोण, नीति र दृष्टिकोणलाई गाउँ–गाउँ र जन–जनसम्म पुर्यावउने अभियानलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने विषयमा विस्तृत छलफल गरियो। सभाका वक्ताहरूले चुनाउ तयारीलाई अझ सशक्त बनाउँदै सङ्गठनात्मक एकता, जनसम्पर्क विस्तार र श्रमिक तथा जनसाधारणको मुद्दालाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने विषयमाथि जोर दिए।
मिरिक क्षेत्रका तीन समष्टि प्रतिनिधिहरूको सहभागितामा चुनाउ सभा
