मिरिक महकुमाअन्तर्गत पर्ने टिङलिङ चियाबारीमा हिल तराई डुवर्स चियाबारी श्रमिक सङ्घ मिरिक महकुमा समितिको अगुवाइमा पोष्टरिङ कार्यक्रम सम्पन्न भएको छ। लामो समयदेखि चिया श्रमिकहरूले गरिरहेका न्यूनतम मजदुरी माग लागू गर्नुपर्ने विषयलाई मुख्य मुद्दा बनाउँदै यो कार्यक्रम आयोजना गरिएको थियो।
चिया श्रमिकहरूको अधिकार र न्यूनतम मजदुरीको मागलाई सशक्त रूपमा उठाउन यो कार्यक्रम गरिएको युनियनका अनिल राणाले जानकारी गराए। त्यसैले चियाबारीका विभिन्न क्षेत्रहरूमा मागपत्रसहित पोष्टरहरू टाँसिएको पनि तिनले बताए। यस अवसरमा युनियनका केन्द्रीय प्रतिनिधिहरू अनिल राना, तिलक लुङ्गेली, पञ्चायत सदस्यहरू रोशन लामा, रोजेस थापा, रोजेस थापा, चियाबारीका अन्य श्रमिक सङ्गठनका प्रतिनिधिहरू सामेल थिए।
न्यूनतम मजदुरीको मागमा टिङलिङ चियाबारीमा पोष्टरिङ
