भारतीय जनता पार्टी (भाजपा) का प्रदेश अध्यक्ष समिक भट्टाचार्यले शनिवार डाबग्राम–फूलबारी विधानसभा क्षेत्रअन्तर्गत इष्टर्न बाइपासस्थित ढाकेश्वरी काली मन्दिर मैदानमा सार्वजनिक सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। उक्त कार्यक्रमको तयारी हाल तीव्र रूपमा भइरहेको छ। शुक्रवार डाबग्राम–फूलबारीका भाजपा विधायिका शिखा च्याटर्जीले कार्यक्रम स्थलको भ्रमण गरेर तयारीको समीक्षा गरिन्। निरीक्षणका क्रममा तिनले आयोजकहरूसित छलफल गर्दै कार्यक्रमलाई सुचारु रूपमा सम्पन्न गर्न आवश्यक निर्देशनहरू दिइन्।
पार्टीको परिवर्तन संकल्प सभाअन्तर्गत आयोजना हुन लागेको यस सार्वजनिक सभाको उद्देश्य भाजपाको सन्देश सिधै जनतासम्म पुर्या उनु रहेको छ। पार्टी सूत्रअनुसार आगामी विधानसभा चुनाउलाई ध्यानमा राख्दै यस सभामा पार्टीका कार्यकर्ता तथा नेताहरूलाई महत्त्वपूर्ण दिशानिर्देशहरू पनि प्रदान गरिने सम्भावना छ।
कार्यक्रमबारे भाजपा कार्यकर्ता तथा समर्थकहरूमा उत्साह देखिएको छ भने यस सार्वजनिक सभामा ठूलो सङ्ख्यामा सहभागिता हुने अपेक्षा गरिएको छ।
समिक भट्टाचार्यले सिलगढ़ीमा जनसभा सम्बोधन गर्ने
