तपाईँहरूले हाम्रो देशलाई सम्मान दिनु हुन्न। त्यसैले तपाईँहरूका लागि हाम्रो देशमा कुनै ठाउँ छैन। सिलगढ़ी, मालदा र कूचबिहारपछि अब बालुरघाटका होटल व्यवसायीहरूले पनि बङ्गलादेशीहरूका लागि ढोका बन्द गरिदिएका छन्। संयुक्त रूपमा यस्तो निर्णय लिँदै होटल व्यवसायीहरूले पोष्टर टाँस्न थालेका छन्। होटल व्यवसायीहरूको यस निर्णयमा सामान्य जनसाधारण खुशी देखिएका छन्। होटल मात्र होइन बङ्गलादेशीहरूका लागि रेल तथा उड़ानको इ–टिकट काट्ने कार्य पनि ट्राभल व्यवसायीहरूले बन्द गरिसकेका छन्। बालुरघाटका रूपकार्थ मजुमदारले भने, हामीले धेरै अघिदेखि नै बङ्गलादेशका टिकट सेवा बन्द गरिसकेका छौँ। तिनीहरूका लागि कुनै पनि प्रकारको रेल वा विमानको टिकट नकाट्ने निर्णय गरेका छौँ। मेरा लागि देश पहिले आउँछ।
शेख हसिना सरकारको पतनपछि भारत–बङ्गलादेश सम्बन्ध निकै चिसो बनेको छ। सीमा पारि र सीमाभित्र लगातार भारत विरोधी नारा उठाइँदै आएको छ। बङ्गलादेशमा अल्पसङ्ख्यकमाथि भएका धेरै दमनका घटनाहरू सार्वजनिक भइरहेका छन्। यसले सामान्य जनसाधारणमा आक्रोश बढ़ाइरहेको छ। सीमा पारिका जिल्लाहरूमा यसको प्रभाव अझ बढ़ी देखिएको छ। यसबीच दक्षिण दिनाजपुर जिल्लाको हिली अन्तर्राष्ट्रिय स्थल बन्दरगाह हुँदै आवत–जावत गर्ने मानिसहरूको सङ्ख्या धेरै घटेको छ। हाल दुवै देशका नागरिकहरू पुराना भिसाका आधारमा यात्रा गरिरहेका छन्। आप्रवासन विभागका सूत्रअनुसार अहिले औसत लगभग 100 जना मानिसहरू मात्र आवत–जावत गरिरहेका छन्।
बालुरघाट शहर र शहर वरिपरिका क्षेत्रमा साना–ठूला गरी जम्मा 22 वटा होटल छन्। अब कुनै पनि बङ्गलादेशी नागरिकलाई कोठा भाड़ामा नदिइने सबै होटल मालिकहरूले संयुक्त रूपमा निर्णय गरेका छन्। शिवेन लाहा नामक एक होटल मालिकले भने, बङ्गलादेशीहरूलाई होटल नदिने भनेर रिसेप्सनमा पोष्टर टाँसेका छौँ। अर्का होटल मालिक सुप्रियो बोसले भने, भारत विरोधी नारा लगाउनेहरूलाई हामी कसरी होटलमा बस्न दिन सक्छौँ?
बङ्गलादेशीहरूलाई रेल र हवाई जहाजको टिकटमा पनि असहयोग
