बिहान 10.10 बजी कार्यालयहरू खुलिसकेका थिए अनि कर्मचारीहरू कार्यालय पुग्दै थिए। त्यसै बेला एकाएक मानिसहरूको होहल्ला आरम्भ भयो भुइँचालो… भुइँचालो… भुइँचालो। मानिसहरू कार्यालयबाट निस्केर खुल्ला मैदानतर्फ भाग्न थाले। तिनीहरूको अनुहारमा स्पष्ट रूपमा आतङ्क देखिन्थ्यो। यस्तो दृश्य कलकत्ताका धेरै कार्यालयहरूमा देखियो जहाँ कर्मचारीदेखि लिएर भवनमा बस्ने मानिसहरूले भुइँचालोको कम्पन अनुभव गरे। सिलगढ़ीका केही क्षेत्रहरूमा पनि आज धेरैले भुइँचालोको कम्पन अनुभव गरे। तर कलकत्तामा जस्तो तीव्र कम्पन भने यहाँ अनुभव गरिएन। तर पनि स्थानीय मानिसहरूले हल्का कम्पन अनुभव भएको बताए। अधिकांश मानिसहरूले भने कुनै कम्पन अनुभव नभएको बताए।
प्राप्त जानकारीअनुसार हल्का भुइँचालोको झट्का समग्र बङ्गालभरि अनुभव गरिएको छ। तर कलकत्ता र वरपरका धेरै जिल्लाहरूमा भुइँचालोको तीव्र कम्पन अनुभव गरियो। तर कलकत्तामा जन-धनको क्षति भएको समाचार छैन। तर छिमेकी देश बङ्गलादेशमा भने भुइँचालोले ठूलै विध्वंश मच्चाएको छ। बङ्गलादेशमा भुइँचालोको कारण तीनजनाको मृत्यु भएको छ भने 50 जना घाइते बनेका समाचार छ।
आज बिहान 10.10 बजी आएको भुइँचालोको तीव्रता रेक्टर स्केलमा 5.7 मापन गरिएको छ। भुइँचालोको कम्पन पूरै 17 सेकण्डसम्म अनुभव गरियो। यस भुइँचालोको केन्द्र बङ्गलादेश थियो जहाँ तीनजनाको ज्यान समेत गएको छ। यद्यपि मृत्यु सङ्ख्या अझ बढ्न सक्ने सम्भावना छ। यसअघि बिहानै पाकिस्तानमा पनि भुइँचालोको कम्पन अनुभव गरिएको थियो।
सिलगढ़ीमा पनि भुइँचालोको कम्पन
