बङ्गालको महान् पर्व दुर्गा पूजा आउन अब केही दिन मात्र बाँकी छ। लगातार परेको भीषण वर्षाले पण्डाल निर्माण कार्य केही ढिलो भए पनि पर्वको माहोलमा कुनै कमी आएको छैन। भीषण प्राकृतिक विपत्तिको बीच पनि विभिन्न क्लबहरूमा पूजा पण्डाल निर्माण कार्य जोड़तोड़ले चलिरहेको छ।
आज सिलगढ़ी कमिश्नरेट क्षेत्रका पुलिस कमिश्नर सी. सुधाकरले शहरका विभिन्न पूजा पण्डालहरूको निरीक्षण गरेका छन्। तिनले दर्शकहरूको सुरक्षा व्यवस्था जाँच गर्न साथै पूजा आयोजकहरू नियमअनुसार तयारी गरिरहेका छन् कि छैनन् भनेर समीक्षा गरे।
कमिश्नरसितै पुलिसका कैयन् उच्च पदाधिकारीहरू पनि सामेल थिए। तिनीहरूले सिलगढ़ीका केही महत्त्वपूर्ण पूजा पण्डालहरूको पनि अवलोकन गरे। पुलिस कमिश्नर सुधाकरले भने, दुर्गा पूजा एउटा ठूलो पर्व हो। त्यसैले दर्शकहरूको सुरक्षा सुनिश्चित गर्न पुलिसले पूर्ण तयारी गरिरहेको छ।
पुलिस कमिश्नरद्वारा सिलगढ़ीमा पूजा पण्डालहरूको निरीक्षण
