उत्तरतर्फ घुम्न आउने पर्यटक वा सामान्य यात्रीहरू जब न्यू जलपाइगढ़ी (एनजेपी) स्टेशनमा पाइला राख्छन् तब तिनीहरूको मनमा पहिलो प्रश्न उठ्छ चारैतिर यत्रो खन्ने कार्य किन भइरहेको छ? उत्तर एउटै हो स्टेशनको आधुनिकीकरणको कार्य भइरहेको छ। यद्यपि यस कार्यको प्रगति गर्वको विषय बन्दै गइरहेको छ। स्टेशन निरीक्षणमा आएका जलपाइगढ़ीका भाजपा सांसद जयन्त रायले विकासको विवरण दिन कुनै कसर बाँकी राखेनन्। सांसद रायले भने, उत्तर–पूर्व भारतको सबैभन्दा आधुनिक स्टेशनका रूपमा न्यू जलपाइगढ़ी स्टेशन निर्माण हुँदैछ। यहाँ आधुनिक खानाका पसल, स्टल र पार्किङ क्षेत्र पनि रहनेछ। तिनले थपे, आगामी वर्षको मार्च महीनाभित्रै काम पूरा हुने अपेक्षा गरिएको छ। नयाँ भवन निर्माणका लागि पनि अनुमति प्राप्त भइसकेको छ। यस अवसरमा डाबग्राम–फूलबारी क्षेत्रकी भाजपा विधायक शिखा चट्टोपाध्याय पनि उपस्थित थिइन्।
आधुनिकीकरणको दिशामा एनजेपी स्टेशन
