ब्राउन सुगरसहित दुई युवक पक्राउ

ब्राउन सुगरसहित दुई युवकहरू पक्राउ परेका छन्। मोठ 23 ग्राम ब्राउन सुगरसहित दार्जीलिङका युवकहरूलाई निरपानीमा पक्राउ गरिएको हो। पक्राउ पर्नेहरूमा 24 वर्षी सोहन नामगेल अनि 20 वर्षीय जिग्मी तामाङ हुन्। यी दुवै युवाहरू दार्जीलिङ सदर थानाअन्तर्गत क्षेत्रका वासिन्दा हुन्।

प्राप्त जानकारीअनुसार बुधवार साँझ लगभग 6 बजी नक्सलबारीदेखि निरपानीको रोड भएर दार्जीलिङतर्फ बाइकमा सवार भएर गइरहेका यी दुई युवकहरूलाई पक्राउ गरिएको हो। यी युवाहरू निरपानीमा आइपुग्दा शङ्काको आधारमा पुलिस प्रशासनद्वारा रोक्यो। छानबिन गर्दा पुलिसले एकजना युवकबाट 9 ग्राम अनि अर्को युवकबाट 14 ग्राम ग्राम ब्राउन सुगरको प्याकेट फेला पाऱ्यो। त्यसपछि यी दुवै युवकहरूलाई पक्राउ गरिएको हो।

थप प्राप्त जानकारीअनुसार आज यी दुवै युवकहरूलाई नक्सलबारी थानाले सिलगडी महकुमा न्यायलयमा प्रस्तुत गरेको जानकारी प्राप्त भएको छ।

By Piyali Poddar