यस मनसून मौसममा स्मार्टर भेहिकल मेण्टेनेन्सलाई प्रोत्साहन दिँदै टाटा एआईजी

इण्डिया मिटियोरोलोजिकल डिपार्टमेण्ट (आईएमडी) ले उत्तरपूर्वी क्षेत्रमा अधिक मनसूनी वर्षाको पूर्वानुमान गरेसितै टाटा एआईजी जनरल इन्स्योरेन्सले गान्तोक र वरपरका क्षेत्रका वाहन मालिकहरूलाई मौसमी जोखिमहरूसित पूर्व सावधानी अपनाउन र व्यापक बीमा कभरेज सुरक्षित गर्न आग्रह गरेको छ। गत वर्षको गम्भीर बाढ़ीले धेरै वाहनहरूलाई क्षतिग्रस्त बनाएको थियो। त्यसले समयमै मेण्टेनेन्स अनि पर्याप्त सुरक्षाको आवश्यकतालाई जोड़ दिइएको छ।

यो वर्ष पनि त्यस्तै अवस्थाको पूर्वानुमान गर्दै कम्पनीले आफ्ना मोटर बीमा पोलिसीहरूमा व्यापक मनसून-केन्द्रित विशेषताहरू प्रस्तुत गरेको छ। यसमा पानीको प्रवेशबाट इञ्जिन सुरक्षा, मूल्य ह्रास प्रतिपूर्ति अनि आपतकालीन सड़कमा सहयोग समावेश छ। टाटा एआईजीका योजनाहरूले विद्युतीय तरङ्ग क्षति, नो क्लेम बोनस (एनसीबी) सुरक्षित गर्न सानो अंश मरम्मती र राष्ट्रव्यापी 10000 भन्दा अधिक ग्यारेजहरूमा पहुँच प्रदान गर्दछ।

गान्तोक जहाँ साँघुरा सड़क र अप्रत्याशित वर्षाले प्रायः गाड़ी बिग्रिने अवस्था आउँछ त्यहाँका वासिन्दाहरूलाई सक्रिय भएर सावधानी अपनाउन सल्लाह दिइएको छ। बजार विश्लेषकहरूअनुसार भरपर्दो वाहन बीमाको मागमा लगातार वृद्धि देखिएको छ। उकालो-ओह्रालो भू-भागमा चार चक्के वाहन तथा दुई-चक्के वाहनहरूमाथि निर्भर यात्रीहरूको सङ्ख्या बढ़िरहेको अवस्थामा 24×7 सहायता र टोइङ सेवासहितका योजनाप्रति रुचि बढ़ेको स्थानीय बीमा एजेण्टहरूले बताएका छन्। “टाटा एआईजीको व्यापक बीमा सुरक्षाले सिक्किमका चालकहरूलाई प्रतिकूल मौसममा पनि आत्मविश्वासी बनाउनेछ”, कम्पनीका चिफ अण्डरराइटिङ एण्ड डाटा साइन्स अफिसर नील छेडाले भने। कम्पनीले क्लेम सेट्टलमेण्ट प्रतिशत 99% कायम राखेको अनि यसको आरम्भदेखि अहिलेसम्म पाँच करोड़भन्दा अधिक ग्राहकहरू रहेका छन्।

By Business Bureau