सिलगढ़ी आगामी मनसुन यामको तयारी गर्दै गर्दा, भारत मौसम विभाग (आईएमडी) ले पूर्वोत्तर क्षेत्रमा अत्यधिक वर्षाको सम्भावना व्यक्त गरेको छ। यस सन्दर्भमा, स्थानीय बासिन्दाहरूलाई गत वर्षको तीव्र बाढीको अनुभव र त्यसले ल्याएका चुनौतीहरूबारे सम्रण गराउँदै सचेत गराइँदैछ। बाढीको सम्भावना भएका क्षेत्रका सवारीसाधन मालिकहरूले पानीसम्बन्धी क्षतिको बढ्दो जोखिमको सामना गर्नुपर्ने हुन्छ, त्यसैले उनीहरूले आफ्नै सुरक्षाका साथै सवारीसाधनको क्षतिलाई कम गर्न आवश्यक सावधानीहरू अपनाउनु अत्यन्त महत्वपूर्ण हुन्छ। नियमित मरम्मती, टायरको उचित हेरचाह, वाइपरको सुचारु अवस्थार पानी जमेको सड़कहरूबाट टाढा रहनुले दुर्घटना वा सवारी बिग्रने सम्भावनालाई उल्लेखनीय रूपमा घटाउन सक्छ।
त्यसका साथै, विश्वसनीय मोटर बीमा योजनाले अप्रत्याशित मौसमको अवस्थामा मानसिक सान्त्वना र सुरक्षा प्रदान गर्दछ। टाटा एआईजीका व्यापक मोटर बीमा योजनाहरू मनसुनसँग सम्बन्धित विविध जोखिमहरू जस्तै इञ्जिन सुरक्षा, रोडसाइड सहायता र नगदरहित मरम्मती सेवा समेतलाई समेट्ने गरी तयार पारिएका छन्, जसले गर्दा वाहन मालिकहरू सम्पूर्ण मनसुनभरि सुरक्षित र चिन्तामुक्त रहन सक्छन्।
मनसुनसम्बन्धी जोखिमहरू विरुद्ध व्यापक सुरक्षाअन्तर्गत:
इञ्जिन सुरक्षा: वर्षा वा अन्य प्राकृतिक प्रकोपका कारण पानी पसेर भएको क्षतिबाट तपाईंको वाहनको इञ्जिनलाई सुरक्षा प्रदान गर्दछ।
सिसा, फाइबर, प्लास्टिक र रबर पार्ट्सको मरम्मती:मसिनो क्षतिहरूलाई सम्पूर्ण पार्ट पुर्जा फेर्नु नपरी मरम्मती गर्न सकिन्छ, जसले तपाईंको नो क्लेम बोनस (एनबीसी)लाईजोगाउन मद्दत गर्छ।
घटेको मूल्य क्षतिपूर्ति सुरक्षा:पार्ट्सको मूल्यमा कुनै मूल्यह्रासनकटाई पूर्ण क्षतिपूर्ति प्रदान गरिने भएकाले यसले उल्लेखनीय बचत र समग्र सुरक्षा सुनिश्चित गर्छ।
इलेक्ट्रिक सर्ज सुरक्षा:पानी पसेको कारणसहित अर्किङ, आफैं तातिनु, विद्युतीय चुहावट वा सर्ट-सर्किटका कारण इलेक्ट्रिक सवारीसाधनमा भएको क्षति वा नोक्सानीलाई सुरक्षा प्रदान गर्दछ।
टोइङ तथा अन-रोड मरम्मती सेवा:तपाईंको वाहन बिग्रिएमा निःशुल्क टोइङ र मरम्मती सेवा उपलब्ध गराइन्छ। रोड साइड असिस्टेन्स (आरएसए) सुरक्षाले तपाईंलाई आवश्यक सहयोग केवल एउटा फोन कलको दूरीमा सुनिश्चित गर्छ।
१० हजारभन्दा अधिक ग्यारेजहरूको व्यापक सञ्जाल:विभिन्न स्थानहरूमा मरम्मती सेवा प्राप्त गर्न सकिने व्यवस्था, जसले तपाईंको सवारी बिग्रिएर रोकिने समय र असुविधा न्यून पार्दछ।
९९ प्रतिशत दावी निवारण दर:भरपर्दो र छिटो दावी प्रक्रिया प्रणालीले कुनै पनि घटनापछिको शीघ्र पुनःस्थापनामा सहयोग पुर्याउँछ।
२४ घन्टा ७ दिन सहायता सेवा:कुनै पनि जिज्ञासा वा आपतकालीन परिस्थितिमा सहयोग पुर्याउन समर्पित समर्थन टोली चौबिसै घण्टा उपलब्ध रहन्छ, जसले अद्वितीय ग्राहक सेवा सुनिश्चित गर्दछ।
टाटा एआईजीका प्रमुख अन्डरराइटिङ तथा डाटा साइन्स अधिकारी श्री नील छेडाले भने,“सिलगढी र पश्चिम बङ्गालका अन्य क्षेत्रका सवारी साधन मालिकहरूले मनसुनको मौसममा प्रायः पानी जमेको सडकमा यात्रा गर्नु र आकस्मिक सवारी बिग्रनुजस्ता अनौठा चुनौतीहरू सामना गर्नुपर्छ। यी मौसमी जोखिमहरूले दैनिक जीवनमा बाधा पुर्याउने मात्र नभई अप्रत्याशित खर्चहरू पनि निम्त्याउन सक्छन्।” टाटाएआईजीको समग्र वाहन बीमा नीतिले यस्ता चुनौतीहरूमा चालकहरूलाई समर्थन गर्ने उद्देश्य राख्छ, जसले उनीहरूलाई सुरक्षित र तयार राख्न मद्दत गर्दछ। उचित सुरक्षासहित, बीमाधारकहरूले मनसुनको समयमा आत्मविश्वास र मानसिक शान्तिका साथ यात्रा गर्न सक्नेछन्।”
