वक्फ बिल र एसएससी भ्रष्टाचारविरुद्ध राज्यभरि विरोधको आँधी चलिरहेको छ। सोही क्रममा सोमवार सिलगढ़ीको हाशमी चोकमा अखिल भारतीय विद्यार्थी परिषद (एबीभीपी) ले विरोध प्रदर्शन गरेको छ। मुख्यमन्त्रीको राजीनामा र राज्यमा राष्ट्रपति शासन लागू गर्नुपर्ने माग गर्दै एबीभीपीका सदस्यहरू पोस्टर हातमा लिएर प्रदर्शनमा सहभागी भए। विरोध प्रदर्शनका क्रममा मुख्यमन्त्री ममता ब्यानर्जीको पुतला जलाउने प्रयास हुँदा स्थिति तनाउपूर्ण बन्यो। घटनास्थलमा उपस्थित पुलिसले त्यो प्रयास रोक्न जाँदा धक्का-मुक्कासमेत भयो। यस विरोधका कारण केही समयका लागि सड़क अवरुद्ध भयो। त्यसपछि पुलिसले हस्तक्षेप गरी स्थिति नियन्त्रणमा ल्यायो।
मुख्यमन्त्रीको राजीनामा र राष्ट्रपति शासनको माग गर्दै एबीभीपीको प्रदर्शन
