बाङ्गलार बाड़ी परियोजनाको राशि नपाएको आरोपमा 31 नम्बर राष्ट्रिय राजमार्ग अवरोध गरिएको छ। ग्राम पञ्चायत कार्यालय घेरेर पटक-पटक प्रदर्शन पनि गरिओ। यस घटनाले बुधवार जलपाइगढ़ीको मौलानी ग्राम पञ्चायत क्षेत्रमा ठूलो तनाउ सिर्जना भयो। स्थिति नियन्त्रण गर्न क्रान्ति चौकीबाट धेरै सङ्ख्यामा पुलिस घटनास्थलमा पुगेका थिए। स्थानीय बब्लु किस्कु, निर्मल राय, मालती टुडुहरूले भने, ब्लकका छवटा ग्राम पञ्चायतमध्ये पाँचवटा ग्राम पञ्चायतका लाभार्थीहरूले बाङ्गलार बाड़ी परियोजनाको पहिलो किस्ताको पैसा पाए। तर अहिलेसम्म मौलानी ग्राम पञ्चायतका नागरिकहरूले पैसा पाएका छैनन्। प्रशासनलाई जानकारी दिए पनि समस्या समाधान नभएको हुँदा आन्दोलनमा उत्रिएको तिनीहरूले बताए। यस विषयमा स्थानीय ग्राम पञ्चायत प्रधान रञ्जित रायले भने, यस विषयमा धेरैपटक बीडीओ कार्यालयसँग सम्पर्क गरे पनि समस्या समाधान भएको छैन। आजको विरोध प्रदर्शनको कारण ग्राम पञ्चायतका सबै कामकाज प्रभावित भयो।