चियाबारीमा यस मौसमको पत्ती टिप्ने समय समाप्त हुन लागेको हुँदा सबैजना अधिक व्यस्त छन्। चिया श्रमिक महिलाहरू काखको शिशुलाई चियाबारीको क्रेचमा राखेर पत्ती टिप्न जान्छन्। त्यही समय चितुवाले आक्रमण गरिरहेको छ। यसको कारण के शिशुहरू क्रेच हाउसमा सुरक्षित रहन्छन्? भन्ने विषयले चिन्ता बढ़ेको छ। त्यसैले कामको बीचमा तिनीहरू पटक-पटक क्रेचको नजिक आउँछन्। पहिले शिशुहरूको सुरक्षाका लागि त्यहाँ लाठी धारी महिला कर्मीहरू ड्युटीमा रहन्थे। चितुवाको आतङ्कको कारण अहिले त्यहाँ दुईजना वनकर्मी तैनाथ गरिएको छ। अलिपुरद्वारअन्तर्गत कालचिनी ब्लकको भातखावा चियाबारीमा यस्तो स्थिति छ। आतङ्क यस्तो फैलिएको छ कि प्रत्येक दिन काम आरम्भ गर्नअघि चौकीदारले विभिन्न सेक्शनमा पटेका पड़काउँछन् जसले चियाबारीको कुनै स्थानमा लुकेको चितुवा त्यहाँबाट भागोस्।
केही महीनाअघि आतङ्क आरम्भ भएको हो। चियाबारीका मजदुरहरूले भने, पछिल्ला 3-4 महीनामा चितुवाको आक्रमणमा यहाँ पाँचजना घाइते भए। चियाबारीमा थुप्रै चितुवाहरू देखिएका छन्। भर्खरै चितुवाका दुईवटा डमरू पनि देखियो। वन विभाग सूत्रअनुसार एउटा चितुवालाई पिञ्जरामा कैद गरियो। तर हालै चियाबारीको 11 बी सेक्शनमा चितुवाको आक्रमणमा एकजना महिला चिया श्रमिक घाइते भइन्। त्यसपछि फेरि आतङ्क फैलियो। यो वर्ष सरकारी निर्देशअनुसार 30 नोभेम्बरदेखि चिया पत्ती टिप्ने काम बन्द हुनेछ। त्यसका लागि चियाबारीमा अन्तिम दश दिनमा कामको अतिरिक्त दबाउ छ। त्यही समयमा चियाबारीमा चितुवाको लगातार आक्रमणले श्रमिकहरूमा डर फैलिएको छ। बाध्य भएर भातखावा चियाबारीका विभिन्न सेक्शनमा काम आरम्भ गर्नअघि प्रत्येक दिन पटेका पड़काइन्छ। क्रेचमा चियाबारीका 14 जना शिशुको सुरक्षा गर्न प्रशासनले दुईजना वनकर्मीहरूलाई तैनाथ गरेको छ। तर त्यसपछि पनि चियाबारीका श्रमिक आमाहरू अधिक चिन्तित छन्।
चियाबारीका श्रमिक भारती भोक्टा भन्छिन्, दश दिनमा पत्ती टिप्ने काम बन्द हुनेछ। अहिले काममा विश्रामको समय छैन। यति बेला चितुवाको आक्रमणले धेरै आतङ्क फैलाएको छ। क्रेच हाउसमा शिशुहरू कसरी छन्, त्यस सोचमा म ध्यान दिनु परिरहेको छ। चिया श्रमिक ललिता कुजुर भन्छिन्, मेरो श्रीमान दैनिक मजदुरी गर्छन्। म चियाबारीमा काम गर्छु। घरमा अरु कोही छैन। त्यसैले शिशुलाई क्रेच हाउसमा राख्नबाहेक अर्को कुनै उपाय छैन। भातखावा चियाबारीका म्यानेजर टी एन पाण्डेले भने, 30 नोभेम्बरदेखि पत्ती टिप्ने काम बन्द हुनेछ। त्यसअघि चियाबारीमा चितुवाको डरको कारण काममा अवरोध भइरहेको छ। विशेष गरी जस जसका ससाना शिशु छन्, तिनीहरू कुनै पनि अवस्थामा शान्त हुन सकिरहेका छैनन्। वन विभागका एकजना अधिकारीले भने, त्यस चियाबारीको नजिकै जङ्गल छ। त्यसैले बारम्बार चियाबारीमा चितुवाले आक्रमण गर्छ। बक्सा बाघ संरक्षण परियोजनाको उपक्षेत्र अधिकारी हरि कृष्णनले भने, जहाँ पनि चितुवाको आक्रमणको समाचार प्राप्त हुन्छ, त्यहाँ हामी पिञ्जरा राख्दछौँ। भातखावा चियाबारीमा पनि त्यसै गरिएको छ। चितुवा छिट्टै पिञ्जरामा कैद हुने आशा छ।