स्वास्थ तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण समुदायस्तरमा नफैलिएको जनाएको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित कोभिड–१९ प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले कोरोनाको संक्रमण समुदायमा नफैलिएको दाबी गरे । उनले भने, ‘विभिन्न तथ्य हेर्दा समुदायमा कोरोना संक्रमण फैलिएको देखिँदैन ।’मन्त्रालयले काठमाडौं उपत्यकामा समुदायस्तरमा कोरोना परीक्षणको क्रममा भीडभाड हुने विभिन्न स्थानमा ४ हजार ८०० नमुना परीक्षण गरेको थियो । जसमा ३ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये २ जना विदेशबाट आएका छन् भने एक जना ब्युटिपार्लर व्यवसायमा संलग्न रहेको पाइएको छ ।
Related Posts
के अनलाइन कक्षा कक्षा सम्म प्रतिबन्धित हुनु पर्छ? यहाँ बाल रोग विशेषज्ञले के भन्नु पर्छ
- Editor
- June 12, 2020
- 0
कर्नाटक सरकारले कम किंडरगार्टनदेखि पाँच कक्षामा पढ्ने बच्चाहरूको लागि अनलाइन कक्षामा प्रतिबन्ध लगाउने निर्णय गरेको छ। कर्नाटकको प्राथमिक र माध्यमिक शिक्षामन्त्री एस सुरेश कुमारले भने […]
एचडीएफसी लाइफ को संचय फिक्स्ड म्याच्योरिटी प्लान
- Editor
- November 10, 2021
- 0
यो दिवालीमा, एचडीएफसी लाइफ ले नयाँ-युग को, सुविधा-प्याक उत्पादन, एचडीएफसी लाइफ संचय फिक्स्ड म्याच्योरिटी प्लान प्रदान गर्दैछ। योजना एक गैर-लिंक गरिएको, गैर-सहभागिता, व्यक्तिगत बचत योजना […]
अमेरिकामा कोरोनाभाइरसविरुद्ध खोप लिन अनिवार्य नगरिने
- Editor
- December 5, 2020
- 0
अमेरिकामा राष्ट्रपति-निर्वाचित जो बाइडनले कोभिड-१९ विरुद्धको खोप उपलब्ध भएको अवस्थामा नागरिकहरूलाई त्यो लिन बाध्य नबनाइने बताएका छन्। आफ्नो घरबाहेक बन्द कोठा भएका जुनसुकै स्थानमा मास्क […]