भाजपा कार्यकर्ताहरूले लपाईगुडीमा विभिन्न मन्दिरहरू सफा गरे

प्रधानमन्त्रीको आह्वानमा अयोध्यामा २२ जनवरीमा हुन लागेको रामलल्लाको अभिषेकलाई लिएर देशभरका मन्दिरहरूको सफाइ भैरहेको छ भने यसै सिलसिलामा जलपाईगुडीमा विभिन्न मन्दिरको सरसफाई भइरहेको छ। यसैगरी शनिबार बिहानैदेखि मन्दिरहरुमा संकीर्तन लगायतका विभिन्न कार्यक्रमको आयोजना गरिएको छ। प्रधानमन्त्रीको अनुरोधमा सदर मण्डल भाजपा कार्यकर्ताले शनिबार बिहानैदेखि जलपाईगुडीका विभिन्न मन्दिरमा सरसफाई गर्न थालेका छन्। बिहान सदर मण्डल २ समितिले नगरको दंगापारास्थित कालीबारी मन्दिर, सदर मण्डल १ समितिले पुरानो प्रहरी चौकीस्थित जगन्नाथ गौडिया मठ मन्दिर र आसपासका क्षेत्रको सरसफाई गरेको छ। यससँगै मन्दिर परिसरमा भक्तजनहरु रामको नामजप गरिरहेका देखिएका छन्। संकीर्तन जारी रहने भक्तले बताए।