पाकिस्तानमा हिन्दू सन्तको समाधिस्थल भत्काइएपछि सर्वोच्च अदालतमा मङ्गलवार सुनुवाइ हुँदै

पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको करक जिल्लामा एक हिन्दू सन्तको समाधि भत्काइएपछि देशको सर्वोच्च अदालतले उक्त मुद्दामा सुनुवाइ गर्ने निर्णय गरेको छ।सुनुवाइ ज्यानुअरी ५, मङ्गलवारका दिन हुनेछ।

गत साता पाकिस्तानको सर्वोच्च अदालतले एउटा प्रेस विज्ञप्ति जारी गर्दै पाकिस्तान हिन्दू परिषद्का प्रमुख संरक्षक रमेश कुमार वाकवानीले यो मुद्दाका बारेमा प्रधानन्यायाधीश गुलजार अहमदसँग कुराकानी गरेको जनाएको थियो।”पाकिस्तानका प्रधानन्यायाधीश यो मामिलालाई लिएर चिन्तित हुनुहुन्छ र उहाँले संसद्लाई यो विषयलाई स्वतः जानकारीमा लिइएको छ र यस विषयमा इस्लामाबादमा ज्यानुअरी ५, २०२१ मा सुनुवाइ गरिने जानकारी दिनुभएको छ,” विज्ञप्तिमा भनेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *