अमेरिकामा अर्को खोप पनि अनुमति पाउने सङ्घारमा

अमेरिकामा कोरोनाभाइरसको दोस्रो खोप आकस्मिक अनुमति पाउने चरणमा पुगेको छ। विज्ञहरूको एउटा समूहले अनुमोदन गरेपछि मोडेर्ना खोप अनुमतिको नजिक पुगेको हो।

अमेरिकाको खाद्य तथा औषधीसम्बन्धी प्रशासनिक निकाय (एफडीए) का प्रमुखले उक्त खोपलाई अनुमति दिन आफ्नो संस्था तीव्र रूपमा काम गर्ने बताए, जसले गर्दा खोप उत्पादक कम्पनीले खोपको दशौँ लाख डोज सम्बन्धित स्थानमा पुर्‍याउन सकून्।

अमेरिकाले फाइजर/बायोएनटेक खोप दिन थालेको केही दिनपछि पछिल्लो जानकारी आएको छ।अमेरिकामा कोरोनाभाइरसबाट सङ्क्रमित र मृत्यु हुनेको सङ्ख्या विश्वका अन्य देशहरूभन्दा धेरै छ। त्यहाँ यो साताको सुरुमा मृतकको सङ्ख्या तीन लाख नाघेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *