अनुब्रत मण्डललाई दिल्ली घुमाउनेछौं’- सुकान्त मजुमदार

‘हामी अवश्य अनुब्रत मण्डललाई दिल्ली लैजानेछौं।’ भाजपा प्रदेश अध्यक्ष सुकान्त मजुमदारले बांकुरामा पञ्चायती सम्मेलनलाई सम्बोधन गर्दै यस्तो घोषणा गरे। सोमबार पार्टीको विष्णुपुर सांगठनिक जिल्ला बाँकुरा–२ नम्बर मण्डलले आह्वान गरेको ‘पञ्चायती कार्यकर्ता सभा’मा उनी सहभागी भएका थिए । कार्यक्रमपछि पत्रकारसँग कुरा गर्दै उनले भने, ‘शत्रुघ्न सिन्हालाई कसैले गम्भीरतापूर्वक लिएको छ ? जब उसले फेरि ‘खामोश’ भन्यो, सबै चुप लाग्नेछन्।” बन्दे भारत एक्सप्रेसमा ढुङ्गा हानेको बारेमा सोध्दा भाजपा प्रदेश अध्यक्षले भने, ‘यो एकदमै दुखद घटना हो’।

उनले यस घटनाका दोषीहरूलाई कारबाही गर्न आग्रह गरे। कसैको नाम नलिई उनले भने, “भारतको प्रगति सहन नसक्ने केही मानिस छन्। उनीहरू यही देशमा बस्न चाहन्छन् तर अरू देशको गुणगान गाउँछन्।”कार्यक्रममा पार्टीका प्रदेश अध्यक्ष सुकान्त मजुमदार, विष्णुपुरका भाजपा सांसद सौमित्र खान, बांकुरा र विष्णुपुरका जिल्ला अध्यक्ष सुनील रुद्र मण्डल, बिलेश्वर सिन्हालगायतको उपस्थिति थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *