सुन पसलमा डरलाग्दो चोरी, लुटेराले लाखौंको गरगहना लुटेर हिँडे क्षेत्र

कूचबिहार: कूचबिहारको दिनहाटा ब्लकको साहेबगंज थाना अन्तर्गत शालमारा बजारमा १ देखि १.५ लाख रुपैयाँको गहना चोरीको सनसनीपूर्ण घटना प्रकाशमा आएको छ। जानकारीका अनुसार बिहान करिब १०ः३० बजेतिर १०–१५ जनाको समूहले शटर तोडेर पसलमा प्रवेश गरी पसलमा राखिएका सुनचाँदीका गहना लुटेर लगेका थिए । चोरहरूले करिब डेढ लाख बराबरको सुनका गरगहना र चाँदी लुटेर लगेको सुन पसलका सञ्चालकले बताए । सुन पसल मालिकको उजुरीका आधारमा प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *