मलको कालोबजारी रोक्न माग गर्दै किसानको जुलुस, कृषि अधिकृतलाई ज्ञापनपत्र

मलको कालोबजारी रोक्न माग गर्दै किसानहरूले शुक्रबार जलपाईगुडी जिल्ला कृषि अधिकारीको कार्यालयसम्म जुलुस निकाले। जुलुसमा ठूलो संख्यामा किसानहरुको सहभागिता रहेको थियो । यी किसानले सहरका विभिन्न मार्ग परिक्रमा गर्दै जिल्ला कृषि अधिकृतको कार्यालय पुगेर कृषि अधिकृतलाई ज्ञापनपत्र बुझाएका थिए । आलु रोप्ने समय आएलगत्तै मलको कालोबजारी सुरु भएको र विषादीको विभिन्न गुनासो आउन थालेको किसानको गुनासो छ ।

यससँगै समयमै मल र विषादी नपाएको किसानको आरोप छ । मलको कालोबजारी रोक्न माग गर्दै शुक्रबार जिल्लाका विभिन्न स्थानका किसानले जुलुस निकालेर जिल्ला कृषि अधिकारीको कार्यालयमा धर्ना दिएका थिए । पसलबाट मल खरिद गर्दा पटक–पटक रसिद नदिएको पनि किसानले बताएका छन् । रसिद मागेपछि किसानले व्यापारीसँग मौखिक वादविवाद गर्छन् । सोही क्रममा किसानहरुले प्रशासनले असहयोग गरेको आरोप लगाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *