यसपटक जिल्लाका ग्रामीण भेगमा पनि डेंगुको प्रकोप देखिएको छ । जानकारी अनुसार जलपाईगुडी सदर ब्लक अन्तर्गत पहारपुर ग्राम पञ्चायत अन्तर्गत पटकाटा कालोनी क्षेत्रमा डेंगु फैलिरहेको छ। एकै घरका दुई जना डेंगुबाट ग्रसित भएर निजी नर्सिङ होममा उपचार गराइरहेका छन् । शुक्रबार पहारपुर ग्राम पञ्चायतका उपप्रमुख बेनु रञ्जन सरकारले थप दुई जनामा डेंगुको संक्रमण देखिएको बताए । यसबारे चिन्ता बढ्दै गएको छ । नालाको फोहोर सफा गर्ने र माइकमार्फत सचेतना सन्देश दिने पहल भइरहेको छ ।
Related Posts
भ्याक्सिन नपाएको जनगुनासो
- Editor
- July 2, 2021
- 0
खरसाङ महकुमा अस्पतालले यहाँको सन्त अल्फन्सेस उच्चत्तर माध्यमिक विद्यालयको टीकाकरण केन्द्रमा प्रत्येक दिन कोभिड १९ – को टीका लगाउने कार्य गरिरहेको छ । केन्द्रमा प्रत्येक […]
एबॅट ले 8 मिलियन मानिसहरूलाई समग्र डायबिटीज केयर प्रदान गर्दछ
- Editor
- February 14, 2022
- 0
एबट, ग्लोबल हेल्थकेयर नेता, प्रमुख स्वास्थ्य-टेक साझेदारहरू बीटओ, Sugar.fit, फार्म ईजी,जीओक्यूआईआई, 1एमजी, जाइला हेल्थ, हेल्थिफाई मी र फिटरफ्लाई सँग समग्र मधुमेह व्यवस्थापन हेरचाहको नयाँ युग […]
भारतमा एकैदिन थपिए कोरोनाका १ लाख ९४ हजारभन्दा धेरै नयाँ संक्रमित
- Editor
- January 12, 2022
- 0
भारतमा पछिल्लो २४ घण्टामा कोभिड–१९ का १ लाख ९४ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन्। भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार अघिल्लो दिनको तुलनामा भारतमा १५.८ […]