सिक्किममा कोरोनाको एक नयाँ केस, दुई जना स्वस्थ

सिक्किममा आइतबार मात्रै एक जनामा ​​कोरोनाको नयाँ केस देखिएको छ। दुई जना संक्रमित निको भएर सामान्य जीवनमा फर्किएका छन् ।
प्रदेश स्वास्थ्य विभागका अनुसार हिजो १ सय ४४ जनाको नमूना परिक्षण गर्दा एक जनामा ​​संक्रमण देखिएको हो । ती मध्ये एक नाम्ची जिल्लाको हो। प्रदेशका अन्य जिल्लाबाट आज कुनै नयाँ संक्रमित भेटिएका छैनन् ।

कोरोनाका सक्रिय केसहरूको संख्या १० छ। दैनिक संक्रमण दर ०.६ प्रतिशत र साप्ताहिक संक्रमण दर ०.९ प्रतिशत रहेको छ। प्रदेशमा कूल कोरोना संक्रमितको संख्या ४४ हजार ३ सय पुगेको छ भने हालसम्म ४३ हजार ७ जना निको भइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *