ग्लेनमार्कले विश्वको पहिलो ‘हाइपरटेन्सन अवेयरनेस सिम्बल’ अनावरण गरेको छ

ग्लेनमार्क फार्मास्युटिकल्स लिमिटेड (ग्लेनमार्क)ले, भारतभर ३०० हाइपरटेन्सन पब्लिक अवेयरनेस र्‍यालीहरू र ८००० भन्दा बढी हाइपरटेन्सन जाँच शिविरहरू आयोजना गरेर सेप्टेम्बर महिनामा वर्ल्ड हार्ट मन्थ मनाएको छ। यी र्‍यालीहरू देशभरका विभिन्न अस्पतालहरूसँगको सहकार्यमा आयोजना गरिएको थियो र हाइपरटेन्सन र यसका  लक्षणहरू बारे जनचेतना फैलाउने बारे विस्तृत कुराकानीमा जोड दिइयो।

  दिल्ली, कोलकाता र मुम्बईमा त्यस्ता २८ वटा र्‍यालीहरू भएका छन्। चेन्नई र हैदरावादले १३ वटा सचेतना र्‍याली गरेका छन्। यस्तै एउटा पब्लिक अवेयरनेस क्याम्पेन ग्लेनमार्कले एसोसिएसन अफ फिजिशियन्स अफ इण्डिया (एपीआई), इण्डियन मेडिकल एसोसिएसन (आईएमए) – मुम्बई वेस्ट रिजन र मलाड मेडिकल एसोसिएसनको साझेदारीमा सुचक अस्पताल, मलाड, मुम्बईमा २५ सेप्टेम्बरमा आयोजना गरेको थियो।

कार्यक्रमको क्रममा ग्लेनमार्कद्वारा परिकल्पना गरिएको विश्वको पहिलो ‘हाइपरटेन्सन अवेयरनेस सिम्बल’ अनावरण गरिएको थियो । यो सिम्बल हाइपरटेन्सनको बढ्दो बोझ र समयमै जाँचको आवश्यकताको बारेमा सचेतना जगाउने उद्देश्यका साथ भारतभरका ५०,००० प्रमुख डाक्टरहरूसँग परामर्श गरी विकसित गरिएको थियो; र एपीआई र हाइपरटेन्सन सोसाइटी अफ इण्डिया (एचएसआई) द्वारा समर्थित थियो। पहलको बारेमा बोल्दै, ग्लेनमार्कको ग्रुप भाइस प्रेसिडेण्ट एण्ड हेड अफ् इण्डिया फार्म्युलेसनका प्रमुख आलोक मलिकले भने, “हाइपरटेन्सन व्यवस्थापनमा एक लीडरको रूपमा, ग्लेनमार्कले प्रत्येक बर्ष लाखौं मानिसहरूलाई असर गर्ने यस रोगको बिरूद्ध देशको लडाईमा हर सम्भव कदम चाल्न प्रतिबद्ध छ। “

Leave a Reply

Your email address will not be published. Required fields are marked *