ब्याङ्ककमा नर्थ-ईस्ट इण्डिया फेस्टिभल आयोजना हुनेछ

भारत र थाइल्याण्डले डिप्लोमेटिक रिलेशनको ७५ वर्ष मनाउँदै गर्दा, ब्याङ्ककमा आयोजना हुने आगामी नर्थ-ईस्ट इण्डिया फेस्टिभल मार्फत दुई देशले डिप्लोमेटिक रिलेशनलाई अझ बढावा दिनेछन्। मिनिस्टर अफ् स्टेट फर् एक्सटर्नल अफेयर्स राजकुमार रञ्जन सिंहले थाइल्यान्डका डेप्युटी प्राइममिनिस्टर तथा मिनिस्टर अफ् कमर्स जुरिन लक्सानाविसितसँगै मुख्य अतिथिको रूपमा महोत्सवको स्वागत गर्नेछन् जहाँ आठ पूर्वोत्तर राज्यका मुख्यमन्त्रीहरू पनि उपस्थित हुनेछन्।

यो फेस्टिभल भारतको ऐक्ट ईस्ट पालिसीलाई सुदृढ पार्ने एउटा महत्त्वपूर्ण कदम पनि हो, जसअन्तर्गत थाइल्याण्ड जस्ता दक्षिणपूर्वी एसियाली देशहरूबाट सहयोग र लगानीबाट पूर्वोत्तर राज्यहरूको विकास सम्भव बनाउन सकिन्छ। यस महोत्सवको पहिलो संस्करण २०१९ मा आयोजना गरिएको थियो र यसले उत्तर-पूर्वका लागि कृषि, खाद्य प्रशोधन र पर्यटन जस्ता क्षेत्रहरूमा व्यापार अवसरहरू खोल्यो। यस वर्ष, दोस्रो संस्करणले यस क्षेत्रका एमएसएमईहरूद्वारा निर्मित, प्रदर्शनमा यी राज्यहरूका उत्पादनहरू राखेर उत्तर-पूर्व क्षेत्रको सम्भावना देखाउनेछ। यस फेस्टिभलको केन्द्रबिन्दु व्यापार, लगानी र पर्यटन प्रवर्द्धन र सन्स्कृति, शिक्षा र जन–जनताबीचको आदानप्रदानमा केन्द्रित हुनेछ।

एक शैक्षिक सेमिनार जुलाई ३१ मा तय गरिएको छ। यो सेमिनारले उत्तर-पूर्वी भारत र दक्षिणपूर्व एशिया बीचको ऐतिहासिक सम्बन्ध पत्ता लगाउनेछ, जहाँ विद्यार्थी, इतिहासकार र दुवै क्षेत्रका विद्वानहरूले अन्तरक्रिया गर्नेछन्। एमईएले उल्लेख गरेको छ कि इण्डियन कउण्सिल फर् कल्चरल रिलेशन द्वारा प्रायोजित दलहरूले विभिन्न नृत्य प्रकारहरू प्रदर्शन गर्नेछन्। एमईए को प्रेस विज्ञप्तिमा यो पनि उल्लेख गरिएको छ कि एमओएस रञ्जन सिंहले थाइल्याण्ड राज्यका भाइस मिनिस्टर फर् फरेन अफेयर्सलाई भेट्ने र यी दुई देशहरू बीचको साझेदारीलाई अझ सुदृढ पार्न छलफल गर्ने छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *