इमरान खान ‘विदेशी एजेन्ट’ भएको बिलवाल भुट्टोको आरोप

 पाकिस्तानमा सत्ता संघर्ष चर्कदै जाँदा नेताहरुबीच आरोप प्रत्यारोप चलेको छ । पाकिस्तान पिपल्स पार्टीका अध्यक्ष बिलवाल भुट्टोले त्यहाँका प्रधानमन्त्री इमरान खानलाई विदेशी एजेन्ट भएको आरोप लगाएका छन् ।

बिलवालले यसै हप्ता जर्दारी हाउसमा पत्रकार सम्मेलन गर्दै खानलाई विदेशीले रकम दिएर चलाउने गरेको एजेन्टको आरोप लगाएका हुन् । उनले खानलाई पाकिस्तानको अर्थतन्त्र र विदेश नीति नै ध्वस्त पार्न तयार पारिएको टिप्पणी समेत गरे ।

पत्रकार सम्मेलनमा पाकिस्तानका पूर्वप्रधानमन्त्री सैयद युसुफ राजा गिलानीलगायत प्रभावशाली नेताहरु पनि सहभागी थिए । उनले इमरान खानमाथि काश्मिरको विषयलाई बिगारेको र सन् २०१९ को चुनावमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई फाइदा पुग्ने अभिव्यक्तिहरु दिएको समेत आरोप लगाए ।

बिलवालले आक्रोशित हुँदै इमरान खानबारे भने,‘तिमी पाकिस्तानको अर्थतन्त्र ध्वस्त पार्न विदेशी रकममा तयार पारिएका एजेन्ट हौं । तिमीले चीन पाकिस्तान आर्थिक कोरिडोरको काम सुस्त गराएर पाकिस्तानलाई अन्तर्राष्ट्रिय क्षेत्रमा गलत नीतिका कारण एक्ल्याउने गतिविधि गरिरहेका छौं ।’

इमरान खानले पाकिस्तानको नभई भारतको विदेश नीति लागू गरिरहेको बिलवालको टिप्पणी थियो । उनले अमेरिका र यूरोपेली यूनीयनलाई टाढा बनाएको बताए । इमरान खानले संसदमा विश्वासको मत गुमाउन लागेको समेत बताए । खानमाथि पाकिस्तानको संविधान मिचेको आरोप लगाए ।

खानले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अभियानलाई बोकेको समेत आरोप लगाए । उनले खानलाई मोदीसँग जोडेर उनकै काम गरिरहेको आरोप समेत लगाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *