रुस–युक्रेन द्वन्द्वबाट प्रभावित नेपालीको उद्धार सम्पन्न

 रुस–युक्रेन द्वन्द्वबाट प्रभावित नेपालीको उद्धारकार्य सम्पन्न भएको जनाइएको छ ।

रुस–युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समितिको बैठकमा जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काले युक्रेनबाट नेपाली सुरक्षित स्थानमा पुगेकाले उद्धारकार्य सम्पन्न भएको बताएका हुन् । खड्काले अरू देशको तुलनामा नेपालीको उद्धारकार्य निकै छिटो–छरितो भएकाले युद्धमा नेपालीको ज्यान सुरक्षित रहेको बताए । उद्धारपछि उनीहरूको पुनःस्थापना गर्ने कार्य चुनौतीपूर्ण रहेको पनि उनले बताए ।

युद्ध सुरु भएपछि युक्रेनमा रहेका नेपाली पोल्यान्ड, स्लोभाकिया, हंगेरी, स्पेन, जर्मनी, रोमानिया र माल्दावालगायत देशमा पुगेका छन् ।

पछिल्लो तथ्यांकानुसार हालसम्म पोल्यान्डमा ४६६, स्लोभाकियामा ७८, रोमानियामा २८, हंगेरीमा आठ र चारजना माल्दावा पुगेका हुन् । हालसम्म ५८४ जना नेपाली सुरक्षित गन्तन्यमा पुगेको जनाइएको छ । राजदूत खड्का अनुसार तीन नेपालीलाई भारतीय उडानमार्फत उद्धार गरिएको छ । उनीहरू भारतको नयाँ दिल्ली हुँदै नेपाल आउने तयारीमा छन् । युक्रेनबाट निस्केका मध्ये ४० जना नेपालीले यात्रा अनुमतिपत्र ९ट्राभल्स डकुमेन्ट० लिएको जर्मनस्थित नेपाली दूतावासले जनाएको छ । करिब ३८ जनाको नेपाली परिवार आफ्नो व्यवसायसहित स्थायी बसोबास गर्दै आएकाले पारिवारिक, कानुनी र व्यावहारिक कारणले युक्रेनमा रहेको जनाइएको छ ।

उद्धार समितिका संयोजक तथा गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा। बद्री केसीले युके्रनको युद्धमा परेका नेपालीको उद्धारका लागि नेपाली समुदायले ठूलो सहयोग गरेका कारणले समयमै उद्धार गर्न सकिएको बताए । एनआरएनए सञ्जाल सक्रिय भएकै कारणले छिटो उद्धार सम्भव भएको उनले बताए

Leave a Reply

Your email address will not be published. Required fields are marked *