भारत र पाकिस्तानबीच त्रिदेशीय सिरिज हुनसक्छ, अष्ट्रेलियाले ठूलो योजना बनाएको छ

भारत र पाकिस्तानबीच राजनीतिक विवादको असर क्रिकेटमा पनि परेको छ । दुवै देशमा क्रिकेटलाई धर्मभन्दा माथि र देश देशको प्रतिष्ठासँग जोडिएर हेर्ने गरिन्छ । दुई देशको सम्बन्धमा चिसो आएपछि एक अर्काविरुद्ध पाकिस्तान र भारतले सिरिज खेलेका छैनन् ।

आईसीसीको इभेन्टमा पनि खेल्न आनाकानी गर्ने दुई देशले यो इभेन्टमा भने खेल्दै आएका छन् । आईसीसीको इभेन्ट अर्थात विश्वकप, एसिया कप जस्ता प्रतियोगिता खेले पनि अष्ट्रेलियाले आफ्नै मैदानमा भारत र पाकिस्तानलाई आमन्त्रण गरेर त्रिकोणात्मक एक दिवसीय सिरिज आयोजना गर्ने विषयमा सकारात्मक रहेको जवाफ दिएको छ ।

क्रिकेट अष्ट्रेलियाका प्रमुख निक हकले बोर्डमा भारत र पाकिस्तानलाई बोलाएर त्रिकोणात्मक सिरिज आयोजना गराउने विषयमा छलफल नभए पनि व्यक्तिगतरुपमा आफू यस विषयमा तयार रहेको बताएका छन् । भारत र पाकिस्तानले सन् २०१० मा ३ एक दिवसीय र २ टी २०मा प्रतिस्पर्धा गरेका थिए । उक्त प्रतिस्पर्धा भारतमा भएको थियो ।

पाकिस्तान क्रिकेट बोर्डका अध्यक्ष रमीज राजाले जनवरीमा पाकिस्तान, भारत, अष्ट्रेलिया र इंग्ल्याण्डलाई समावेश गरेर चार देशको टी २० सिरिजको प्रस्ताव गरेका थिए ।

तर, हकमले व्यक्तिगतरुपमा आफू त्रिकोणात्मक सिरिजको पक्षमा रहेको बताएका छन् । उनले भारत र पाकिस्तानका धेरै मानिसहरु अष्ट्रेलियामा रहेकाले उनीहरु भारत र पाकिस्तानको म्याच हेर्न आतुर रहेको बताए । आईसीसीको क्यालेन्डर अनुसार यो प्रतियोगिताको मिति २०२३ मा निस्कन सक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *