विदेशमन्त्री एस जयशङ्करभारत-चीन को प्रतिक्रिया

 विदेशमन्त्री एस जयशङ्करले भारत-चीन सीमास्थित वास्तविक नियन्त्रण रेखामा शान्ति र स्थिरता ‘नराम्ररी बिथोलिएको’ तथा त्यसबाट दुई देशबीच सम्बन्धमा असर पुगेको बताएका छन् । लद्दाखको सीमामा भारत र चीनबीच पाँच महिनादेखि तनाव जारी रहेको बेला जयशङ्करले सीमाको अवस्थाबारे त्यस्तो टिप्पणी गरेका हुन् । अहिले भारत र चीन दुवै देशले विवादास्पद हिमाली सीमाक्षेत्रमा ५०,००० भन्दा बढी सैनिक खटाएका छन् । जयशङ्करले शनिवार आफ्नो पुस्तक ‘द इन्डिया वे – स्ट्र्याटजीज फोर एन अन्सर्टेन वर्ल्ड’ बारे छलफल गर्न आयोजित बेविनारमा भारत-चीन सम्बन्धबारे महत्त्वपूर्ण कुराहरू भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *