बलिउड अभिनेत्री मधुवालालाई सोमबार बलिउडले सम्झिएको छ । उनको जन्मदिनमा बलिउडले उनलाई सम्झिएको हो । उनको सन् १९३३ को १४ फेब्रुअरीमा जन्मेकी थिइन् । उनको ३६ वर्षको उमेरमै निधन भएको थियो । १९४० को दशकमा उनको सुन्दरतालाई लिएर निकै चर्चा हुने गरेको थियो । उनले खेलेको ‘मुगल–ए–आजम’ को अनारकलीको भूमिका सबैको दिल र दिमागमा बसेको छ । उनी एक पश्तुन मुस्लिम परिवारमा जन्मेकी थिइन् । उनले ९ वर्षको उमेरमै बालकलाकारका रुपमा काम गर्न थालेकी थिइन् । उनको पहिलो फिल्म ‘बसन्त’ हो । अभिनेत्रीका रुपमा उनले सन् १९४७ मा ‘नीलकमल’ खेलेकी थिइन् । सन् १९४७ मै ‘दिल की रानी’, सन् १९४८ मा ‘अमर प्रेम’ खेलिन् । यी सबै चलचित्रमा उनी द शो म्यान राज कपूरसँग खेलेकी थिइन् । मधुवालाको बच्चामा नाम मुमताज बेगम थियो । मधुवालाका १० भाइबहिनी थिए । कम उमेरमै चलचित्र खेल्न थालेपछि उनी विद्यालय जान सकिनन् । साँचो प्रेमका लागि निकै तड्पिने गर्थिन् । मधुवालालाई दिलीप कुमारले मात्र नभइ किशोर कुमारले पनि धोका दिएका थिए । किशोरसँग समय नभएका कारण उनी उनीसँग कुरा गर्न निकै अताल्लिने गर्थिन् । किशोर कुमार त्यतिबेला धेरै नै कार्यक्रम र गीत रेकर्डिङमा व्यस्त हुने गर्थे । उता मधुवालालाई चिकित्सकले जम्मा दुई वर्षमात्रै बाँच्ने भनेका थिए । अनि एक्लिएकी मधुवाला एक्लै रुने गर्थिन् । उनले पहिलो प्रेमी दिलीप कुमारसँग रिसाएर २७ वर्षको उमेरमै किशोर कुमारसँग बिहे गरेकी थिइन् । मधुवाला धेरै वर्ष नबाँच्चे थाहा पाएपछि किशोर कुमारले मुम्बईको कार्टर रोडमा घर किनेर रर्स र ड्राइभरको साथमा मधुवालालाई छोडेका थिए । उनी चार महिनामा एक पटकमात्र मधुवालालाई भेट्न जान्थे । उनले मधुवालाको फोन पनि उठाउन बन्द गरेका थिए । किशोर कुमारले मधुवालालाई निकै माया गर्थे । तर जब मधुवालाई लण्डनमा उपचार गरेर फर्किन् तब धोका दिए । त्यसैले नै उनी दुःखी थिइन् । कुनै समय निकै नै चर्चामा रहेकी मधुवालाको अन्तिम समय निकै कठिन तरिकाले बित्यो । उनी बिरामी भएपछि कोही पनि उनको हालत बुझ्न गएनन् । कोही नआउने भएपछि उनले नाइट गाउनमै दिन बिताउन थालिन् र ३६ वर्षको कलिलो उमेरमै बितिन् ।