रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले नाटो सदस्य राष्ट्रले युक्रेनलाई हतियार दिएर स्थिति थप भड्काइरहेको आरोप लगाएका छन्। नाटो सदस्य राष्ट्रहरूले युक्रेनलाई आधुनिक हतियारहरू उपलब्ध गराउँदै युक्रेनी सेनाको आधुनिकीकरणका लागि महत्त्वपूर्ण वित्तीय स्रोत विनियोजन गरेका छन् ।’ पुटिनले भने तिनीहरूले सैन्य विशेषज्ञ र प्रशिक्षक पनि पठाएका छन् । युक्रेनले नाटोको सदस्यता लिने तयारी गरेपछि रुष्ट बनेको रुसले युक्रेनी सीमामा बख्तरबन्द गाडी, तोप तथा अन्य हतियारसहित एक लाख सैनिक तैनाथ गरेको छ । तर युक्रेनमाथि आक्रमण गर्ने आफ्नो कुनै योजना नरहेको उसको दाबी छ । युक्रेनलाई नाटोको सदस्यता दिन नहुने र पूर्वी क्षेत्रमा नाटोको थप बिस्तार रोकिनुपर्ने रुसको माग छ । तर अमेरिकालगायत राष्ट्रहरूले रुसीमागको उपेक्षा गर्दै आएका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमी देशहरूले आफ्नो सुरक्षा चासोलाई उपेक्षा गरेको दाबी गर्दै युक्रेनलाई नाटोमा सामेल गरिए युद्धको अवस्था आउने चेताउनी दिँदै आएका छन्|
Related Posts
मेरो छोरा रोएपछि रूसी सैनिकहरूले मलाई बलात्कार गरे: युक्रेनी महिलाले डरलाग्दो सम्झना गरे
- Editor
- March 29, 2022
- 0
एक युक्रेनी महिलाले आफ्ना श्रीमान्को गोली हानी हत्या भएको केही क्षणमा रुसी सैनिकले आफूलाई बलात्कृत गरेको दाबी गरेकी छिन्, जबकि उनको डराएको चार वर्षीय छोरा […]
जर्मनीले मिश्रित डोज लिन सिफारिश गर्यो
- Editor
- July 3, 2021
- 0
जर्मनीले कोभिड १९ बिरुद्धको खोपको दुई डोज छुट्टाछुट्टै कम्पनीको लिन पाउने निर्णय गरेको छ । जर्मनीले पहिलो डोज आष्ट्राजेनेकाको खोप लिएकाहरुले दोस्रो डोजमा फाइजर वा […]
रुसी राष्ट्रपति पुटिन रोम नजाने
- Editor
- October 22, 2021
- 0
विश्वका प्रमुख प्रभावशाली राष्ट्रहरूको शिखर सम्मेलनका लागि रुसी राष्ट्रपति सम्मेलनस्थलमा उपस्थित नहुने भएको छ राष्ट्रपति भ्लादिमिर पुटिनले सम्मेलन स्थलमा नजाने निर्णय गरिसकेको राष्ट्रपतिको कार्यालय क्रेमलिनले […]