भाजपाले पहिला देशसमक्ष क्षमा मागोस् त्यसपछि भोट : ममता

पश्चिम बंगालकी मुख्यमन्त्री अनि तृणमूल कंग्रेस प्रमुख मम ता ब्यानर्जीले भारतीय जनता पार्टीप्रति जनतासँग झूटो वाचा गरेको आरोप लगाउँदै मंगलवार भनेअनुसार कोरोना महामारीमा असंख्य मृतकहरूको अन्तिम संस्कारको निम्ति जुन राजनैतिक दलको सरकारले दाउरासमेत उपलब्ध गराउन सकेन त्यस दलले पहिला देशसमक्ष क्षमा माग्नुपर्नेछ अनि त्यसपछि नै त्यस दललाई जनतासँग भोट माग्ने नैतिक अधिकार प्राप्त हुनेछ । ममता ब्यानर्जीले समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादवसँग संयुक्त संवाददाता सम्मेलनमा भाजपालाई प्रहार गरिन् । तिनले उत्तर प्रदेश विधानसभा चुनाउमा सपालाई तृणमूल कंग्रेसले समर्थन दिने घोषणा गर्दै भनिन्, म उत्तर प्रदेशका जनतालाई सबै एकजुट भएर भाजपालाई पराजित गर्न अनि सपालाई जिताउन आह्वान गर्दछ ।

तिनले उत्तर प्रदेश विधानसभाको चुनाउ देशलाई बचाउने चुनाउ बताउँदै भनिन्, देशलाई बचाउनको निम्ति यो चुनाउ सबैको निम्ति धेरै महत्त्वपूर्ण छ, यसैले तृणमूल कंग्रेसले उत्तर प्रदेश चुनाउमा प्रतिद्वन्द्विता नगर्ने निर्णय लिएको हो । तिनले चुनाउको महत्त्व बताउँदै भनिन्, हाम्रो दलले गोवामा चुनाउ लडिरहेको छ तर म गोवा गइनँ, उत्तर प्रदेश आएकी छु किनभने उत्तर प्रदेशको लड़ाई देशको इज्जत बचाउने लड़ाई हो । ममता ब्यानर्जीले भनिन्, उत्तर प्रदेश देशको सबैभन्दा ठूलो राज्य हो, यदि यहाँबाट भाजपाको विदाई भए समग्र देशबाट विदाई हुनेछ, त्यसैले भाजपालाई उत्तर प्रदेशमा पराजित गर्न आवश्यक छ।

तिनले भनिन्, हामीले पश्चिम बंगालमा एकजुट भएर भाजपालाई पराजित गर्न सक्यौं भने उत्तर प्रदेशमा पनि एकजुट भएर भाजपालाई पराजित गर्न सहज हुनेछ। तृणमूल कंग्रेसले भाजपाद्वारा मंगलवार जारी गरिएको घोषणापत्रलाई जनतासँग ठट्टा गरिएको आरोप लगाइन् तिनी उत्तर प्रदेशबाट भारतीय जनता पार्टीलाई लखेट्न अखिलेश यादवको समाजवादी पार्टीको सम र्थनमा प्रचार अभियनमा ओलिएकी हुन्। ममता ब्यानर्जीले घोषणा गरेअनुसार आउँदो मंगलवार १५ फरवरी तिनी भाजपा विरुद्ध प्रचार गर्न प्रधानमन्त्री नरेन्द्र मोदीको संसदीय क्षेत्र वाराणसी जानेछिन्। सोमवार बेलुकी यहाँ आइपुगेकी ममता ब्यानर्जीले मंगलवार दिउँसो अखिलेश यादवसँग भर्चुअल जनसभालाई सम्बोधन गरेकी हुन् । तिनले भनिन्, म उत्तर प्रदेशको चुनाउमा प्रतिद्वन्द्विता गर्न आएकी होइन, म यहाँ मेरा भाइ अखिलेश यादवलाई समर्थन गर्न आएकी हुँ, उत्तर प्रदेशका मानिसहरूले तिनलाई भोट दिएर जिताउनु होस् । यसै सभामा तिनले घोषणा गरिन्, म फेरि आउने छु, १५ फरवरी फेरि आउने छु अनि वाराणसी जानेछु|

Leave a Reply

Your email address will not be published. Required fields are marked *