आईसियूमै लता मंगेशकर, कस्तो छ स्वास्थ्यावस्था ?

भारतीय महान गायिका लता मंगेशकर कोरोना संक्रमण पुष्टिपछि मुम्बईस्थित ब्रीच क्यान्डी अस्पतालमा उपचाररत छिन् । उनकाे सघन उपचार कक्ष (आईसीयू) मा उपचार भइरहेको हाे । ९२ वर्षीया मंगेशकर कोरोना संक्रमणका साथै निमोनियाका कारण ८ जनवरीमा अस्पताल भर्ना भएकी थिइन् । उनको पछिल्लो स्वास्थ्यवस्थाबारे अपडेट आउन सकेको छैन ।   
 
यसैबीच, उनको स्वास्थ्यावस्थाबारे परिवारका सदस्य र डाक्टरले भोलि (२८ जनवरी) मा अपडेट दिने भएका छन् । गायिका मंगेशकरको स्वास्थ्यवस्थाबारे पटकपटक जानकारी दिन कठिनाई भइरहेको उनको परिवारले बताएको छ । ‘पटकपटक दिदीको स्वास्थ्यावस्थाको बारेमा जानकारी दिन समस्या भइरहेको छ, त्यसैले हामी २८ जनवरीमा दिदीको स्वास्थ्यस्थितिबारे जानकारी दिनेछौं,’ मंगेशरकी परिवार सदस्य रचनाले भनेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *