सोशल मीडियामा भावुक सन्देश टेस्ट कप्तानी छोड़े कोहलीले

विराट कोहलीले सोशल मीडियामा एउटा पोस्ट शेयर गरी टेस्ट टोलीको कप्तानी छोड्ने घोषणा गरे । दक्षिण अफ्रिका विरुद्ध शुक्रवार सम्पन्न तीनवटा टेस्ट म्याचको शृङ्खलामा २-१ ले पराजयको सम्मुखीन भएपछि कोहलीले यस्तो फसेला गरे। उनले सोशल मीडियामा भावुक सन्देशको माध्यमले टेस्ट टोलीको कप्तानी छोड़ने घोषणा गरेका छन् । यसअघि कोहलीले गत वर्ष भएको टी२० विश्व कपपछि खेलको सबैभन्दा छोटो प्रारूपबाट कप्तानी छोडेका थिए । त्यसको लगत्तै पछि भारतीय क्रिकेट कण्ट्रोल बोर्ड (बीसीसीआई) – ले कोहलीलाई एकदिने टोलीको कप्तानीबाट हटाएर रोहित शर्मालाई कप्तान नियुक्त गरेको थियो। त्यसपछि उनी टेस्ट टोलीका मात्र कप्तान रहेका थिए।

कोहलीले लेखेका छन्, मैले सात सालको मेहनत र सङ्घर्षद्वारा टोलीलाई सही दिशामा अघि लैजाने कोशिष गरे । मैले आफ्नो काम पूरा ईमानदारीको साथ गरे मैले आफ्नो काममा कुनै कमी राखिनँ तर हरेक कुरा कही न कही पुगेर रोकिन्छ अनि अहिले मेरो पालो आएको छ। मेरो निम्ति भारतको टेस्ट कप्तानी छोड़ने यो सही समय हो यस यात्रामा धेरै उतार चड़ाउ आयो तर मेरो कोशिष र भरोसामा कहिले कमी आएन। कोहलीको यस सन्देशपछि बीसीसीआईले पनि भारतीय क्रिकेटमा योगदानको निम्ति उनी प्रति कृतज्ञता व्यक्त गरेको छ। बोर्डले ट्वीट गरेको छ, बीसीसीआई टीम इण्डियाका कप्तान विराट कोहलीलाई उनको प्रेरणादायी नेतृत्व क्षमताको निम्ति बधाई दिन्छ, जसले टोलीलाई नयाँ उँचाईसम्म पुन्याए।

कोहलीले ६८ वटा टेस्ट म्याचमा भारतीय चोलीको अगुवाई गरे, जसमा ४० वटा जीत र १७ वटा हार सामेल छ। यसमा ११ वटा टेस्ट ड्र रहेको थियो। कोहलीलाई भारतका सफलतम् टेस्ट कप्तानहरूमा एक मानिन्छ कारण उनको कप्तानीमा भारतले अष्ट्रेलियामा ऐतिहासिक टेस्ट सीरीज जिनको साथै इङ्ग्ल्याण्डमा पनि सफलता हासिल गरेको थियो। कोहलीले आफ्नो सन्देशमा अझ लेखेका छन्, मैले सदा हरेक कुरामा आफ्नो १२० प्रतिशत दिनमा विश्वास गरेको छ अनि यस्तो गर्न छु नसके कुराहरू सही नहुने मलाई थाहा छ। मेरो मनमा सम्पूर्ण स्पष्टता हुनु जरूरी छ अनि मैले टोलीसँग कुनै बेईमानी गरिनँ। म बीसीसीआई लाई धन्यवाद दिन चाहन्छु जसले मलाई यति लामो समयसम्म टोलीको कप्तानी गर्ने मौका दियो। त्यसभन्दा पनि धेर म आफ्ना ती सबै साथी खेलाडीहरूलाई धन्यवाद दिन चाहन्छु, जसले मेरो भिजनलाई साथ दिए अनि जस्तै परिस्थितिमा पनि हार मानेनन्। उल्लेखनीय छ, कोहलीले साल २०१४ मा अष्ट्रेलिया विरुद्ध टेस्ट कप्तानीको शुरुवात गरेका थिए। त्यस समयदेखि नै उनी भारतीय टेस्ट टोलीका कप्तान थिए। दक्षिण अफ्रिका विरुद्ध केपटाउमा खेलिएको टेस्ट कोहलीको अन्तिम टेस्ट म्याच थियो, जसमा भारत सात विकेटले पराजित भएको थियो। टेस्ट कप्तानको रूपमा कोहलीको यात्रा असाधारण रह्यो। उनको कप्तानीमा भारत विश्वको नम्बर एक टेस्ट टोली बन्यो । कोहलीको कप्तानीमा भारतले विदेशी माटोहरूमा लगातार असल प्रदर्शन गयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *